दुहबी नगरपालीकाको आफ्नो स्वामित्वमा रहेको क्षेत्रमा एकै साथ १२ वटा डोजर परिचालन

वैशाख ६ गते । सुनसरीको दुहबी नगरपालिकाले मंगलबार प्रहरी बल प्रयोग गरेर दुहबी नगरपालिकाको स्वामित्वमा रहेको दुहबी बजारको ६ लेन सडकको करीब ५० मिटर क्षेत्रको १४ कठ्ठा जग्गामा डोजर लगायेर संरचनाहरु भत्काई खालि गराएको छ ।


मंगलबार दुहबी नगरपालीकाले आफ्नो स्वामित्वमा रहेको १४ कट्ठा ११ धुर जमिन क्षेत्रमा एकै साथ १२ वटा डोजर परिचालन गरी सो क्षेत्रमा निर्माण गरिएका भौतिक संरचनाहरू भत्काएको हो ।

नगरपालिकाको स्वामित्वमा रहेको सो परिमाणको जमिनमा स्थानियहरूले लामो समयदेखि निजी ब्यववसाय सञ्चालन गर्दै आएका थिए ।

नगरपालिकाले डोजर लिएर निस्केपछि स्थानियहरूले केहि समय बिवाद झिकेका थिए भने दुहबी बजार केहि समय तनावग्रस्त बनेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर , जिल्ला प्रहरी कार्यालय सुनसरी,दंगा नियन्त्रण प्रहरी कार्यालय दुहबी बाट बाक्लो संख्यामा प्रहरी परिचालन भएपछि भिड नियन्त्रणमा आएको थियो भने घरहरू भत्काउन सहज बनेको थियो ।
दुहबी नगरपालिकाले ३ महिना अगाडी घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि स्थानीयले उच्च अदालत बिराटनगरमा रिट दायर गरेका थिए ।
गत सोमबार उच्च अदालत बिराटनगरले निशेधाज्ञाको अन्तरिम आदेश खारेज गरेपछि स्थानीयलाई कुनै सूचना न दिइकन दुहबी नगरपालिकाले बाक्लो मात्रामा प्रहरी परिचालन गरेर बल प्रयोग गरी डोजर लगाउन सुरु गरेको भन्दै स्थानीयहरु आक्रोशित समेत बनेका थिए ।

मंगलबार मात्रै दुहबी बजार क्षेत्रका १३ वटा साना तथा ठुला घर टहराहरू भत्काइएको नगरपालीका प्रसाशनले जनाएको छ । यता दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारका अनुसार नगरपालिकाको स्वामित्वमा रहेको १४ कट्ठा बढी जमिनमा मात्रै डोजर लगाएको बताए । अदालतमा स्थानियहरूले दिएको रिट सोमबार खारेज भएपछि तत्काल भौतिक संरचना हटाएर राजमार्ग बिस्तारकालागि सहजता प्रदान गरिएको मेयर गच्छदारले बताए ।