दुहबी प्रहरीद्वारा लागु औषध दुव्र्यसनी, बच्ने उपाय, असर कार्यक्रम

। ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कार्यलयका समेतमा गरी लागु औषध दुव्र्यसनी, बच्ने उपाय,असर तथा कानुनि प्रावधान सम्बन्धी कार्यक्रम गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्क्षक बुद्घिराम चौलागाईको नेतृत्वमा सर्वसधाणरको सहभागितामा कार्यक्रम गरेको हो ।

सामुदायिक साझेदारी प्रहरी कार्यक्रम अन्तरगत दुहबी, गढी, बर्जु, बिद्यालय क्षेत्र लागायत टोल टोलमा ३० भन्दा बढी स्थानमा कार्यक्रम सम्पन्न गरेको प्रहरी निरिक्षक चौलागाईले जानकारी दिनुभयो ।
दुहबी प्रहरीले समुदायमा रहेका विद्यालयन जाने तथा अभिभावक र समाजको पथ प्रर्दशक नपाएर कुलत, दुव्र्यसन र गलतकार्यहरुमा फसेका बालबालिकाहरु पहिचान गरि कुलत, दुव्र्यसन र गलत कार्यहरुमा फसेकाहरुलाई सुधार गर्न सचेतना कक्षा संचालन गरेको प्रहरी ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक बुद्घिराम चौलागाईले बताउनुभयो ।

प्रहरी निरिक्षक चौलागाईले भने समुदाय प्रहरी साझेदारी कार्यक्रमले दुहबी, गढी, बर्जुका समुदायहरुलाई शान्ती सुरक्षा स्थापनागरि सभ्य समाज निमार्ण गर्न उत्प्रेरित गर्न स्थानिय तह र सामाजिक संध सस्थाहरु सँग सहकार्य गरि अभियान संचालन गरेकाले वस्तीमा सचेतना कक्षा संचालनगरि अभिभावक र समुदायलाई परिचालन गरिएको बताउनुभयो ।

प्रहरी निरिक्षक चौलागाईका अनुसार तालिममा लागू पदार्थ दुव्र्यसनीमा लागेकालाई साथी–संगीको संगत र खराब वातावरणको नियन्त्रण गर्नुपर्ने हुन्छ । घर र विद्यालयको वातावरणले गर्दा दुव्र्यसनीमा फस्ने हुँदा अभिभावकले बेलैमा यसबारे सोच्न सके यसको नियन्त्रण गर्न सकिने देखिन्छ । दुव्र्यसनीलाई घरपरिवार र समाजले घृणाको दृष्टिले नहेरी अरु के–कति कारणले दुव्र्यसनीमा संलग्न हुन पुगेका हुन पत्ता लगाई समाधान गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।