दुहवीमा विभिन्न कार्यक्रम गरेर विद्युत सुरक्षा दिवस

चैत्र २६ गते । सुनसरीको दुहवीमा आइतबार विभिन्न कार्यक्रम गरेर विद्युत सुरक्षा दिवस २०७९ मनाइएको छ ।


“विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं ।” भन्ने नाराका साथ र विद्युतीय सुरक्षाका लागि जनचेतना अभिवृद्धी तथा सन्देश प्रवाह गराउने उद्देश्यले नेपाल विद्युत प्राधिकरण दुहवी वितरण केन्द्रको आयोजनामा दिवस मनाइएको हो ।


प्राधिकरणको दुहवी वितरण केन्द्रबाट निकालीएको सन्देशमुलक प्ले कार्ड सहितको ¥याली बजार परिक्रमा पछि सोही ठाउँमा पुगेर समापन भएको थियो ।
¥यालीपछि विद्युत प्राधिकरणका कर्मचारी, निर्माण व्यवसायी र उपभोक्ताहरुबीच विद्युत चुहावट नियन्त्रण र विद्युतीय उपकरणका कारण हुने क्षत्तीबाट बच्ने उपायको विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
नेपाल विद्युत प्राधिकरण दुहवी वितरण केन्द्रका प्रमुख रामुदगार शाहको नेतृत्वमा भएको कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुको सहभागिता रहेको थियो । विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग देशको सम्बृद्धीमा सहयोग भन्ने नाराका साथ दिवस मनाइएको हो ।


सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउनु यो दिवसको मुख्य उद्देश्य रहेको प्राधिकरणले जनाएको छ ।


विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने आदी कार्यहरु निरन्तर भइरहेको केन्द्रका प्रमुख शाहले जानकारी दिनुभएको छ ।