न्यायमा पहुँच पुर्याउने उदेश्यले दुहबीेमा निःशुल्क हटलाइन सेवा

चैत २२ गते । सुनसरीको दुहबीमा न्यायमा पहुँच पुर्याउने उदेश्यले निःशुल्क हटलाइन सेवा सुचारु गरिएको छ ।

आजबाट हिंसा पीडितहरु लगायतलाई न्यायमा पहुँच पुर्याउने उदेश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा बिस्तार गरेको हो ।
महिला, बालबालिका, अशक्त असहाय तथा ज्येष्ठ नागरिकहरु लगायतको न्यायमा पहुँच र घरेलु हिंसा न्यूनीकरणकालागि निःशुल्क हटलाइन टेलीफोन नम्बर १६६०२५५८८९५ जारी गरिएको छ ।


दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले निःशुल्क हटलाइन सेवाको समुदघाटन गर्दै द्रुत गतिमा न्यायमा पहुँच पुर्याउन निःशुल्क हटलाइन सेवाबाट दुहबीवासि प्रत्यक्ष लाभान्वित हुने आफु पूर्ण बिस्वस्त भएको बताउनु भयो ।
नगर प्रमुख गच्छदारले दिगो विकासकालागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका थिए । निःशुल्क हटलाइन नम्बरमा फोन गरेर दुहबीको सवैखाले समस्याहरुको संबंधित शाखामा जनाउ दिन सकिने समेत कार्यक्रममा सम्बोधन गर्ने क्रममा बताए ।


दुहबी नगर उपप्रमुख मेनुका पोखरेल खतीवडाले चुनावमा दुहबीका नागरिकसंग गरेको वाचाको संकल्प पत्र अनुसार महिलामाथिको विभेद र अपमान तथा महिला हिंसा अन्त्य गर्न र महिलालाई समान अधिकार, सम्मान र अवसरमा प्राथमिकता दिने बाचा अनुसार निःशुल्क हटलाइन सेवा विस्तार गरेको जानकारी दिदैं स्थानीय हिंसा पिडिंत नागरिकलाई सुचिकृत गरि राहत तथा क्षतिपुर्तिको ब्यबस्था समेत गरिरहेको बताइन् ।
सम्बोधनकै क्रममा समावेशी लोकतन्त्र, महिला शसक्तिकरण तथा समतामुलक सहभागिता जस्ता विषय कार्यान्वयन हुँदै आएको पनि र एकैपटक सबै कुरा कार्यान्वयनमा आउन सक्दैन नगर उपप्रमुख पोखरेल खतीवडाले बताइन् ।


बिदाको दिन वाहेक आइतबार देखि बिहीवार बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि बेलुकी ३ बजे सम्म निःशुल्क हटलाइन सेवा संचालनमा रहने जनाइएको छ ।
न्यायीक समिति कानुन तथा मानव अधिकार प्रबर्द्धन शाखा दुहबीको आयोजनामा आज भएको पत्रकार सम्मेलन मार्फत निःशुल्क हटलाइन सेवाबारे जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा दुहबीका १२ वटैै वडाका वडाअध्यक्षहरु प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसि, इलाका प्रहरी कार्यालय दुहबीका प्रतिनिधि , कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।