भोक्राहा नरसिंह वडा नम्बर ८ का अग्निपिडित परिवारलाई सहयोग प्रदान

चैत्र १३ गते । सुनसरी क्षेत्र नं.४ ख का प्रदेश साँसद हाजी इसराइल मन्सुरीले अग्नि पिडीत परिवारलाई आवश्यक सहयोग गर्नु भएको छ ।


माननीय हाजी इस्राइल मन्सुरी ज्युले भोक्राहा नरसिंह वडा नम्बर ८ का अग्नि पीडितलाई आफ्नो ब्यक्तिगत कोषबाट प्रति परिवार १ बोरा चामल,२ बोरा भुजा,१ सेट कुर्ता सुरुवालको सुट, जुस प्याकेट ,चिनी,चना,तेल,सबय,साबुन,चिया पत्ती सहयोग गरेको हो ।


माननीय हाजी इस्राइल मन्सुरी नेपाली काङ्ग्रेस सुनसरी .जिल्ला सदस्य चनरदेव मेहता राजेन्द्र प्रसाद मेहता,भोक्राहा नरसिंह वडा नम्बर ४ का वडा अध्यक्ष हारुन अन्सारी,भोक्राहा नरसिंह बडा नम्बर ८ का वडा अध्यक्ष उस्मान मिया,भोक्राहा नरसिंह बडा नम्बर ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह ६ का वडा सभापति जमालुद्दिन मन्सुरी लगायतका संयुक्त टोलीको उपस्थितिमा भोक्राहा नरसिंह वडा नम्बर ८ का अग्नि पीडितलाई आवश्यक सहयोग उपलब्ध गर्नु भएको निजी सचिवालयले जनाएको छ ।