किसानलाई तरकारीको विउँविजन वितरण

चैत ५ गते । सुनसरीको दुहबी नगरपालिकाले नगरक्षेत्रका किसानहरुलाई तरकारी विउँविजन वितरण गरेको छ ।


नगरपालिकाले आफ्ना नगरक्षेत्रका किसानलाई तरकारी विउँविजन वितरण कार्यक्रम मार्फत तरकारी र सागको विउँ वितरण गरेको हो ।

नगरपालिका कार्यालयले कृषि शाखाको समन्वयमा भिण्डी, बोडी, करेला, लौका, घिरौला लगायत सागको विउँ वितरण गरिएको कृषि शाखाका अजय गौतमले जानकारी दिनुभयो ।

किसानलाई आफ्नो करेसाबारीमा तरकारी लगाउन र हरियो साग लगाएर त्यसबाट आम्दानी गर्न सहज होस भनेर विउँ वितरण गरेको दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले बताउनुभयो ।
किसानलाई आफ्नो घरवरीपरिका करेसावारीमा स्वक्ष र स्वस्थ्य तरकारी उत्पादन गरि उपभोग गर्न तथा बढी उत्पादन भएकालाई विक्रि गरि आय आर्जन गर्न सहज हुने नगरप्रमुख गच्छदारले जानकारी दिनुभयो ।