सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

चैत १ गते । सुनसरीको बर्जु गाउँपालिका-२ स्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।
आज राती साढे १ बजे को. ७ प ५६५ नम्बरको मोटरसाईकलको पछाडि सवार रहेकि बर्जु गाउँपालिका-३ की ३६ बर्षीया चन्द्रकलादेबी मोटरसाईकलबाट आफै लडी घाईते भएकोमा मोटरसाईकल चालक उनको श्रीमान ४१ बर्षीय सैलेन्द्र रायले उपचारको लागि कोशी अस्पताल बिराटनगर लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।