बिरामी खोज्दै डा.घिमिरे गाउँको झुपडीझुपडीमा

। सरकारी अस्पतानमा सनिबार प्रायः डाक्टरहर इमेरजेन्सी बाहेकको ओपीडीको काम नहुने भएपछि पालोमा काम गर्ने वा विदा मनाउने गरेको सुन्नुभएको छ ।

तर सनिबारको विदामा पनि डाक्टरले विदा मनाउने समयलाई अस्पातलको पहुचमा नरहेको विपन्न बस्तीमा स्वास्थ्य सचेतनासगैं चेकजाच गर्ने कार्यमा जिल्ला अस्पताल सुनसरीका डाक्टरहरु लाग्नुभएको छ ।

एका विहानै जिल्ला अस्पताल सुनसरीका प्रमुख डा.देवराज घिमिरे सहितका डाक्टरहरु इनरुवा नगरपालिका वडा नम्बर ८ डुम्राहाको बिपन्न बस्ती पु्ग्नुभयो ।

सुरुमा गाउँमा डाक्टरहरु आएको भन्दा स्थानीयलाई विश्वास नै लागेन तर जब सुगना उराँवको आगनमा डा. घिमिरे र उहाँको टिमले स्थानीयहरुलाई स्वास्थ्यमा वा शरिरमा कुनै समस्या छ भनेर सोध्न थाल्नुभयो र प्रेसर, सुगर, पाठेघरको समस्या अनि मुटुको चाल परिक्षणको कार्य सुरु गर्नुभयो । त्यसपछि एक कान दुई कान मैदान हुदै गाउँभरी स्थानीयहरु डाक्टरलाई आगनमै भेटेर समस्या बताए र स्वास्थ्य परिक्षण गराउनुका साथै निशुल्क केही औषधी समेत पाउनुभएको छ ।

गाउँमा बस्ने र अस्पताल नदेखेका इनरूवा ८ डुम्राहाका उराँव समुदायको गाउँघरमा ओैषधीसहित प्रमुख डा. घिमिरेले चिकित्सकको टोली लिएर निशुल्क स्वास्थ्य परिक्षण उपचार गर्न पुग्नुभएकाले स्थानीय खुसी देखिएका थिए । जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेण्ड डा. देवराज घिमिरे गरिबको घरघरमा गएर उपचार गर्ने आफ्नो योजना गहेको सुनाउनुभयो ।

उहाँले मानव सेवा नै सबै भन्दा ठूलो धर्म भएकाले सनिबारको विदा गाउँका नागरिकसगं भेटघाट सहित गाउँघरमा नागरिकको दैलोमा ओैषधीसहित चिकित्सकको टोली लिएर निशुल्क स्वास्थ्य परिक्षण उपचार गरेको बताउनुभयो ।

यसअघि भोक्राहा नरसिंह गाउँपालिका, इनरुवा नगरपालिकाको मधेसा , बलाहा, कोशी गाउँपालिका सहित सातो स्थानामा यस प्रकारको निशुल्क स्वास्थ्य परिक्षण उपचार सेवा प्रदान गरेको डा. घिमिरेले बताउनुभयो ।

डा. घिमिरेका अनुसारगाउँमा दृर्घरोगीहरु रहेको त्यसमा प्रेसर, सुगर, पाठेघरको समस्या, मदिरा सेवनकर्ता, छाला सहितका समस्या भएका विरामीहरु रहेको पाइएको छ । घरघरमै परिक्षण सहित औषधी वितरण गरेको उहाँले बताउनुभयो ।