सुनसरीमा नेपाल शिक्षक संघको अधिवेशन सुरु

। नेपाल शिक्षक संघ सुनसरीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ ।

शनिवार अधिवेशनको उद्घाटन गर्नुहुदै नेपाली काग्रेंस कोशी प्रदेशका महामन्त्री उमेश थापाले शिक्षकको हक, हित र अधिकारको पक्षमा वकालत गर्ने नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।

शिक्षकहरुले भविष्यका कर्णाधार विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा लाग्नुपर्नेमा जोड दिदै पेशागत हितमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै विशिष्ट अधिथि एवम् जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताले शिक्षा विषयमा अध्ययन गरेका प्रथम श्रेणी र सोभन्दा माथिको स्तर प्राप्त गर्ने व्यक्तिहरूलाई स्वतः शिक्षकमा नियुक्ति दिने प्रथा ल्याउनुपर्ने र थप सुविधा दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले शिक्षक नियुक्तिलाई पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउनुपर्ने अनि शिक्षकहरुको माग र मुद्धाहरु सहज सुनुवाई नभएको खण्डमा दबाव र सर्घषका कार्यक्रम पनि गर्नुपर्ने सुझाव शिक्षकहरुलाई दिनुभयो ।

अर्का अथिति एवम् पूर्व राज्य मन्त्री सिताराम मेहताले शिक्षक समाजको ऐना भएकाले सम्मान सहित तलब वृद्धि र पेशागत पुनर्ताजगी तालिमको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयको व्यवस्थापकीय पक्षमा समुदायलाई अनिवार्य सहभागी गराउनु पर्ने भएकाले त्यसमा शिक्षकहरुले पनि भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । शिक्षकलाई खाली गाली गर्ने भन्दा पनि विद्यालयले शैक्षिक सामग्रीको व्यवस्था गर्ने, सोझै शिक्षकलाई जवाफदेही बनाउने गरी व्यवस्था गर्नुपर्ने र असललाई समान गर्ने नीतिलाई कार्यान्वयन गर्नुपर्ने समेत जिकिर गर्नुभयो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै अर्का विशिष्ट अधिथि एवम् नेपाली काग्रेंस जिल्ला सचिव वीरेन्द्र कुमार साहले संघलाई असल नेतृत्वको खाचो रहेको बताउनुभयो ।

नेपाल शिक्षक संघका अध्यक्ष बेनु सिग्देलको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन सत्रमा शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष निर्मला कोईराला, संघीय शिक्षक संघका सुनसरी अध्यक्ष सुमन मेहता, राहत शिक्षक संघका वीयज चौधरी, शिक्षक संघका इन्द्रमोहन झा, कृष्णराज विष्ट, रामसागर मेहता, रामानन्द मण्डल, कोशी उपाध्यक्ष गंगा ढुगंना लगायतले शिक्षकले निजामती सरह सुविधा प्राप्त गर्न नसेकोले सबैजना एक जुट भएर समान सुविधा हुन दबाब दिन आवश्यक रहेको जोड दिनुभएको थियो ।

अधिवेशनमा शिक्षक संघ जिल्ला कार्य समितिको पदाधिकारीहरुले आफ्नो प्रतिवेदन पेश गरेका थिए ।
अधिवशनमा वर्तमान अध्यक्ष बेनु सिग्देल, पूर्व सचिव इन्द्र मोहन झा र वर्तमान सचिव देवनारयाण यादव लगायतले अध्यक्षतामा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सर्वसम्वत हुने सम्भावना कम रहेकाले चैत ४ गते सनिबार नेपाल शिक्षक संघ सुनसरीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने सम्भावना बढिरहेको संघले जनाएको छ । अन्य पदहरुमा पनि निर्वाचन हुन सक्ने भएपनि एक हप्ताको बीचमा मिलाउने र व्यवस्थापन गर्ने लविगं हुने पूर्व अध्यक्ष दामोदर दाहालले जानकारी दिनुभयो ।

नयाँ कार्य समितिका लागि सर्वसहमति नभए निर्वाचन प्रकृयाद्धारा उम्मेदवार दर्ता, मनोनयन फिर्ता, अन्तीम नामावली प्रकाशन सहितको कार्यक्रम सार्वजनिक हुने अधिवेशन निर्वाचन समितिले जानकारी दिएको छ ।