सुनसरीमा यसवर्षको होली हर्सोल्लासका साथ सम्पन्न

फागुन २३ गते । आधुनीकतासगैं लोपोन्मुख अवस्थामा पुगेको जोगिरा गाउदै यसवर्षको होली हर्सोल्लासका साथ सुनसरीमा मनाइएको छ ।

होली पर्व मंगलबार सुनसरीको इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा हर्सोल्लासका साथ मनाइएको हो ।

इनरुवाको बबिया, जल्पापुर, मधेसा, बलाहा, डुम्राहा सहित रामधुनी, इटहरी, बराहक्षेत्र, दुहवी, गढी, बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, कोशी सहितका स्थानमा बालबालिकादेखी युवायुवती तथा प्रौढ देखी जेष्ठ नागरिकहरूले समेतले एकअर्कालाई रङ दलेर होली पर्व मइनाएको थियो ।

इनरुवा सहित कतिपय गाउँ तथा वडाको स्थानमा जोगिरा गाउँदै, बाजा बजाउँदै, होलीका गीत तथा जोगिरा गाउदै रमाइलो र शुभकामना साटासाट गर्दै आपसी सद्भावका साथ होली मनाइएको छ ।

मानवले जस्तो सुकै रिसइबीलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने होलीलाई रङको पर्वको रूपमा लिने गरिएको र सोही अनुसार उमंगका साथ मनाइएको दुहबीका मुना हलुवाईले बताउनुभयो ।

दुहबी जेसिसको आयोजनामा होलि मिलन कार्यक्रमस म्पन्न भएको दुहबी जेसिसका अध्यक्ष २०२३ का जेसी सुस्मा चौधरीले बताउनुभयो ।
यसै गरि नेपाल बिधुत प्राधिकरण दुहबी बितरण केन्द्रका क्रमचारीहरु एक आपस बीचमा सुभकामना साटासाट गरि होलि मनाएको केन्द्रका प्रमुख रामुदगार साहले जानकारी दिनुभयो ।
इनरुवामा गतिशील यूवा समाजले आयोजना गरेको होली विषेश शुभकामना आदानप्रदान तथा जोगिरा कार्यक्रममा नेकपा एमालेका अनुशासन विभागका नेता पोष्ट कुमार नोपलले हिन्दुहरूको एउटा महत्वपूर्ण चाड भएकाले यसलाई संस्कृतिक, भाईचारा र एकताको पर्वको रुपमा मनाउने गरेको बताउनुभयो ।

एमालेका सुनसरी सचिव पशुराम यादव र नेता शत्रुघन यादवले होली विषेश जोगिरा र होलीका दहन आकर्षक रहेको बताउनुभयो । यादवदोयले जिल्लाबासीमा होलीको शुभकामना दिनुहदै होली पर्वको आफ्नै सांस्कृतिक महत्व रहेको बताउदै होलीमा विकृति नभई एक आपसमा रङ्ग साटासाट गरेर सद्भाव बांड्दै मनाइएको बताउनुभयो ।

 

यादवले होलीको मौलिक बचाउन जोगिरा गायन प्रतियोगिता आयोजना गरेको र गाउँभरीका नागरिकलाई प्रसाद स्वरुप खिर खुवाएको बताउनुभयो । समाजले आयोजना गरेको कार्यक्रममा इनरुवा २ का वडा सदस्य विरेन्द्र कुमार मेहताले संस्कृतिको संरक्षणमा युवाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

इनरुवाको कार्यक्रममा नेपाल निवामती कर्मचारी संगठनका सुनसरी अध्यक्ष चिनेश्वर मेहता, पत्रकार जयकृष्ण यादव, भजन मण्डलीका सभापतीहरु, स्वास्थ्यकर्मी रामकृष्ण साह सहितको उपस्थिती रहेको थियो ।