आपसी भाइचारा कायम गरी होली मनाउन आग्रहः नगर प्रमुख गच्छदार

। सुनसरीको दुहबी नगरपालिकाका नगरप्रमुख प्रमुख बेदनारायण गच्छदारले आपसी भाइचारा कामय गरी होली पर्व मनाउन सम्पूर्ण नगरवासीमा आग्रह गरेका हुन् ।


होलि पर्व २०७९ सालको सुखद अवसरमा सम्पुर्ण नगरवासी तथा देश बिदेशमा रहेको दाजुभाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै, होलीको अवसरमा सरकारले फाल्गुन २३ गते तराईमा सार्बजनिक बिदा दिएको हुदाँ यस पर्वलाई शान्तिपुर्ण तरिकाले हर्षोल्लासका साथ मनाउन सम्पूर्ण नगरबासीमा नगरप्रमुख गच्छदारले हार्दिक अह्वान गरेका छन् ।

नगरप्रमुख गच्छदारले शुभकामना दिदै होलीले समाजमा नयाँ जागरण, उत्साह थपियोस् समाजमा धार्मिक सद्भाव, सामाजिक एकता र समाजमा रहेका विकृति हटाउ र होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताए ।