स्थानीय कृषि उत्पादन बढाउनुपर्ने ः मन्त्री चापागाई

फागुन १९ गते । कोशी प्रदेशशका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईले देश विकासका लागि स्थानीयस्तरबाट कृषि उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार सुनसरीको इनरुवामा प्रथम चलचित्र महोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री चपागाईले स्थानीय कृषि उत्पादन पवर्धन गर्न महोत्सवले योगदान गरेकाले अव थप कृषि उत्पादन बढाउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले मेला, महोत्सव, उत्सवहरुले बहुउपयोगी क्षेत्रमा योगादन गर्ने भएकाले अहिलेको आवश्यकता कृषिमा उत्पादन बढाउनुपर्ने रहेको बताउनुभयो । मन्त्री चापागाईले इनरुवा सहित प्रदेशभरीका पर्यटकिय क्षेत्रहरुको पहिचान गरि कृषिमा आधारित आन्तरीक र बाह्य पर्यटक भित्रियाउन पनि जरुरी रहेको बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्र कृषि, पर्यटन ,विधुतमा आधारित रहेकाले कृषि र पर्यटनमा ध्यान दिनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आकर्षक र पाहुना आउने वातावरण स्थानीयले गर्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि पहुँच, आकर्षण, सुविधा र शान्ति महत्वपूर्ण क्षेत्र भएकाले यसमा प्रदेश सरकार गम्भिर भएर लागेको बताउनुहुदै सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकारले संस्कृति, प्रकृति र पर्यावरणलाई पर्यटनसँग जोड्ने प्रयासमा रहेको बताउनुभयो ।

यसैबीच महोत्सव समापन कार्यक्रममा विभिन्न विधाका उत्कृष्टहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।