गढीमा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा उमेश घिमिरे

फाल्गुन १६ गते । सुनसरीको गढी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा उमेश घिमिरे आउनुहृने भएको छ ।


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँको २०७९ .फाल्गुन १४ गतेको निर्णय अनुसार हालै सरुवा हुनुभएको त्रिलोचन न्यौपानेको स्थानमा कार्यालय प्रमुखको रुपमा उमेश घिमिरे नयाँ प्रमुख प्रशासकिय अधिकृत भएर आउने भएको हो ।


स्थानीय तहको राम्रो अनुभव सङ्गाल्नु भएका घिमिरे सेवाग्राही मैत्री कर्मचारीको रुपमा चिनिनुहुन्छ सेवाग्राहीसँग नरम, भद्र, मिजासिलो र हसिलो व्यवाहार गर्ने घिमिरे जनप्रतिनिधिसँग पनि राम्रोसँग घुलमिल हुन सक्ने व्यक्तिको रुपमा चिनिनुहुन्छ । स्थानीय तहमा आइपर्ने सबै प्रकारका समस्यासँग कानुनी र व्यवहारिक रुपमा समाधान गर्न सक्ने क्षमता उहाँसँग भएकाले उहाँ स्थानीय तहमा बढि समय रहन सक्नु भएको हो ।
स्थानीय तहमा आइपर्ने समस्यालाई समन्वय, सहजिकरण, व्यवहारिकतासँगै संविधान र स्थानीय सरकार सञ्चालन ऐन लागयतका कानुनी पक्षसँग राम्रो दखलता राख्ने सक्ने व्यक्तिको रुपमा घिमिरे रहनु भएको छ । ”


वहाँ अनुभवी हुनुहुन्छ साथै कुशल, अधिकृतको रुपमा चिनिनु हुन्छ । घिमिरेको कार्यशैलीका कारण जनप्रतिनिधि सफल बन्न सकिएको र उहाँको कार्य क्षमताले गर्दा जुनसुकै ठाउँमा गए पनि सफल हुने विश्वास पात्रको रुपमा देखिएको छ ।
वहालाई यस दुहबी टाईम्सको तर्फबाट धेरै धेरै बधाई तथा सफल कार्यालका लागि हार्दिक शुभकामना ।