दुहबी वडा नं ८ पाचौ मेयरकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश

फाल्गुन ९ गते । पाचौं मेयरकप फुटबल प्रतियोगितामा १० नं वडा लाई ०–१ गोलले हराउदै वडा नं ८ पाचौ मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ ।


सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगितामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा दुहबी वडा नम्बर ८ ले दुहबी वडा नम्बर १० लाई १–० गोल अन्तरले हराउदै उपाधी नजिक फाइनलमा प्रवेश गरेको हो ।


खेलको ५३ औं मिनेटमा दुहबी वडा नम्बर ८ का खेलाडी संदिप चौधरीले १ गोल गर्दै आफ्नो टिमलाई बिजय गराइ फाइनलमा प्रबेस गराए ।


खेलको उत्कृष्ट खेलाडी दुहबी ८ का खेलाडी संदिप चौधरी घोषितभए र उनलाई दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतीवडाले नगद २ हजार तथा पदक प्रदान गरिन ।

भोलि बुधबारको अन्तिम सेमिफाइनल खेल दुहबी वडा नम्बर ४ र दुहबी वडा नम्बर ६ का बिच हुने जनाइएको छ ।
मेयरकप प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित १ लाख २५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार नगद तथा ट्रफी प्राप्त गर्ने जनाइएको छ ।