पाचौं मेयरकप फुटबल प्रतियोगितामा दुहबी वडा नम्बर ८ सेमिफाइनलमा

फागुन ७ गते । सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगिताको आइतबार भएको तेस्रो क्वाटर फाइनल खेलमा दुहबी वडा नम्बर ८ ले दुहबी वडा नम्बर ७ लाई ३–१ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।


खेलको १० औं मिनेटमा दुहबी ८ का खेलाडीहरु अनिस बिस्ट, २५ औं मिनेटमा बिबेक मिश्रा र ६८ औं मिनेटमा सन्तोष चौधरीले गोल गर्दै आफ्नो टिम लाई बिजय सुनिश्चित गराए ।
खेलको ७६ औं मिनेटमा दुहबी वडा नम्बर ७ का खेलाडी पारस चौधरीले १ गोल गरेका थिए ।


खेलको उत्कृष्ट खेलाडी दुहबी ८ का खेलाडी अनिस बिस्ट घोषित भए र उनलाई दुहबी वडा नम्बर ७ का वडाअध्यक्ष बिजय चौधरीले नगद २ हजार तथा पदक प्रदान गरे ।
भोलि सोमबारको अन्तिम क्वाटर फाइनल खेल दुहबी वडा नम्बर २ र दुहबी वडा नम्बर ६ का बिच हुने ऐलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जनाए ।


मेयरकप प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित १ लाख २५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार नगद तथा ट्रफी प्राप्त गर्ने ऐलेभेन एरोज क्लब दुहबीले जनाइएको छ ।