७३ औं प्रजातन्त्र दिवशको अवसरमा प्रमथ इनरुवा दौड प्रतियोगिता सम्पन्न

फागुन ७ गते । ७३ औं प्रजातन्त्र दिवशको अवसरमा सुनसरीको इनरुवामा पहिलो पटक चार सय बढी धावकहरुको सहभागितामा प्रमथ इनरुवा दौड प्रतियोगिता सम्पन्न भएको छ ।


इनरुवा नगरपालिकाको सहयोगमा इनरुवा इभेन्ट म्यानेजमेटको आयोजनामा सम्पन्न भएको प्रमथ इनरुवा दौड प्रतियोगिताको उपाधी नेपाल प्रहरीका किरन लिम्बुले चुम्नुभएको छ ।


इनरुवा दौड प्रतियोगितामा भिया लिम्बु दितिय, प्रशान्त तामांग तृतिय हुनुभएको छ । त्यसैगरी उत्कृष्ट १० मा कौशल राई, सरोज सिंह, अमर यादव, सरोज लिम्बु, नबिन गुरुगं, वीजय राई र विर्ख बहादुर दोर्जे सहितका पुरस्कृत हुनुभएको छ ।
त्यसैगरी महिला तर्फ रिक्की लिम्बु पहिलो हुनुभएको छ । प्रथम सहित टप टेनलाई इनरुवा नरपालिकाका प्रमुख केदार भण्डारीले नगद, साईकल सिल्ड र प्रमाण पत्र वितरण गर्नुभएको छ । प्रमुख भण्डारीले इनरुवाको पहिचान र खेलकुदको विकास, शारिरिक तथा मानकिस विकासका लागि आफूले पहिलो पटक प्रमथ इनरुवा दौड प्रतियोगिताको आयोजना गरेको र चार बढी धाबकहरु सहभागी भएकोमा खुसी व्यक्त गर्नुभयो ।
भण्डारीले उपाधी सहित पहिलो र टपटेनमा पर्न सफल भएकाहरुलाई बाधई सहित प्रजानतन्त्र दिवशको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो ।
प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजीव कोईराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, सशस्त्र प्रहरी उपरीक्षक, जिल्ला अस्पातलका प्रमुख डा. देवराज घिमिरे, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई सहित ४१० जना धावकहरुले सहभागीता जनाउनुभएको थियो ।