दुहबी वडा नम्बर १० मेयरकपको सेमिफाइनलमा

सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगिताको शुक्रबार भएको प्रथम क्वाटर फाइनल खेलमा दुहबी वडा नम्बर १० ले दुहबी वडा नम्बर ११ लाई २-० गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको १५ औं मिनेट र ६९ औं मिनेटमा दुहबी १० का खेलाडीहरु कबिन्द्रनारायण चौधरी र रंजित उराँवले १-१ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए ।
खेलको उत्कृष्ट खेलाडी दुहबी १० का खेलाडी रंजित उराँव घोषित भए । उनलाई दुहबी वडा नम्बर १० र ११ का वडाअध्यक्षद्वव तुलाराम चौधरी र खडग नारायण उराँवले नगद २ हजार तथा पदक प्रदान गरे ।
भोलि शनिबारको दोस्रो क्वाटर फाइनल खेल दुहबी वडा नम्बर ४ र दुहबी वडा नम्बर १२ का बिच हुने ऎलेभेन एरोज क्लब दुहबीले जनाए ।
मेयरकप प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित १ लाख २५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार नगद तथा ट्रफी प्राप्त गर्ने जनाइएको छ ।