फरार प्रतिबादी दुहबी नगरपालिका-३का राजन कुमार सरदार पक्राउ

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । चोरी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९|०३|३१ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ९ दिन कैद र १० हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका दुहबी नगरपालिका-३ सुनसरीका ३२ बर्षीय राजन कुमार सरदारलाई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सरदारलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।