दोस्रो सोनापुर गोल्डकपको उपाधी दमक फुटबल एकेडमीलाई

। सुनसरीको दुहवी वडा नं.८ सोनापुरमा दोस्रो सोनापुर गोल्डकपको उपाधी दमक फुटबल एकेडमीले जित हाथ पारेका छन् ।

सनिबार भएको फाईनल खेलमा दमक फुटबल एकेडमी झाँपाले इटहरी फुटबल क्लब सुनसरीलाई १–० गोलको अन्र्तरले दमक फुटबल एकेडमीले उपाधी जित्न सफल भएको हो ।

दमक फुटबल एकेडमीका खेलाडी प्रवेश दनुवारले १ गोल गरी आफ्नो टिमलाई जितको सुनिसीच्त्ता दिलाए । सोनापुर गोल्डकपमा सर्वश्रेष्ठ खेलाडीका रुपमा दमक फुटबल एकेडमीका खेलाडी आशिष लावती बन्न सफल भए ।

प्रदेश नं.१ को पर्यटन वन तथा वातावरण मन्त्री जिवन अचार्यको हाथबाट विजेता टिम दमक एकेडमी झाँपालाई प्रथम पुरुस्कार नगद रु २ लाख सहित ट्रफी प्रदान गराएका थिए । भने उपविजेता इटहरी फुटबल क्लबले नगद रु १ लाख सहित ट्रफीमा चित्त बुझाउँनु पर्ने भयो ।

दुहवी वडा नं.८ को खेलमैदानमा सम्पन्न भएको फाईनल खेलको प्रमुख अतिथिको रुपमा प्रदेश नं.को पर्यटन वन तथा वातावरण मन्त्री जिवन अचार्यले कार्यक्रमको सम्बोधन गर्दै अबको युवा सरकारले खेलाडीहरुलाई सँरक्षण गर्नका निम्ती पहल गरीने बताए । साथै प्रदेश १ सरकारबाट खेल जगतलाई अझ सुदृढ गर्दै लैजाने मन्त्री आचार्यले बताए ।