सुनसरीको बर्जु गाउँपालिकामा एकजना सिसु लाई दादुरा रोग पुष्टि

माघ २५ गते । सुनसरीको बर्जु गाउँपालिकामा एक जना सिसु लाई दादुरा रोग पुष्टि भएको छ ।

सङ्क्रामक रोग मानिने दादुरा सुनसरीको बर्जु गाउँपालिकाको वडानम्बर २ का एकजना ७ महिने सिसुमा फेला परेको स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईंले पुष्टि गरेको हो ।

जिल्ला स्तरीय चबउष्म चभकउयलकभ तभबm ( च्च्त् ) ध्ज्इ , ग्लष्अभा ,स्वास्थ्य निर्देशनालय टिम र ध्क्ष्एम् डा. कृष्ण गुरुङ जिल्ला अस्पताल र बर्जु गाउ पालिकाको सन्युक्त टिम सहितको टोलि बर्जु गाउ पालिका वडा २ का दादुरा पुष्टि सिसुको अयलतबअत तचबअष्लन गरि ष्लिभ ष्कितष्लन गरे ।

प्रसाईंले बच्चाको शरीरमा बिमिरा र ज्वरो आएको जानकारी पश्चात् परीक्षण गर्दा दादुरा पोजेटिभ पाइएको बताए ।

प्रसाईंका अनुसार कुनै पनि एउटै एरियामा एकै समयको सेरोफेरोमा वा एकै पटक ५ जना दादुरा रोगी फेला परे त्यसलाई महामारी मानिने गरिन्छ । जसका आधारमा बर्जुमा १ जनामा सङ्क्रमण पुष्टि भैसकेको र आशङ्कामा थप ३ जनाको नमुना परीक्षण गरिएकाले सो विषयलाई स्वास्थ्य कार्यालय सुनसरीले विशेष चासोका रूपमा लिएको प्रसाईंले जानकारी दिए ।

प्रदेश १ का स्वास्थ्य महाशाखा प्रमुखसमेत रहेका प्रसाईंले विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नम्बर वडामा बिरामीको नजिक रहेका र आसङ्का गरिएकाहरूको स्याम्पल परीक्षणको लागि नमुना सङ्कलन गरेको बताए ।

रसाईंले सम्पुर्ण स्वास्थ्यकर्मीहरु लाई बिशेष निर्देसन गर्दै आफ्नो स्वास्थ्य संस्थाहरुमा आउने बिरामीहरुमा ज्वरो बिमिरा छ , छैन यकिन गर्नु निर्देसन दिए ।

प्रसाईंले गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयहरूमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गर्न लागिएको पनि बताए ।

प्रसाईंका अनुसार १ जना दादुरा रोगीले १२ देखि १८ जना सम्मलाई रोग सार्न सक्ने छम्ता हुन्छ । तसर्थ उक्त विषयलाई उच्च प्राथमिकता साथ हेरिएको छ ।

यसैबीच स्वास्थ्य कार्यालय सुनसरीले बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र ५ वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउने जस्ता लक्षण देखापरेको भए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्लावासीमा अनुरोध गरेको छ ।