सबैको साझा प्रयासबाट मात्र शिक्षाको गुणस्तर बृद्धि हुने नगरप्रमुख ःगच्छदार

माघ २४ गते । सबैको साझा प्रयासबाट मात्र शिक्षाको गुणस्तर बृद्धि हुने दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारले बताउनुभएको छ ।


सुनसरीको दुहबी ५ स्थित श्रीसरस्वती माध्यमिक विद्यालयको ६६ औं बार्षिकोत्सव समारोह, अभिभावक भेला, पुरस्कार छात्रवृत्ति वितरण तथा नव निर्मित भवनको समुदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगरप्रमुख गच्छदारले सो कुरा बताउनु भएको हो ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ब्रहमप्रकाश रौनियारको सभापतित्वमा तथा दुहबीका नगरप्रमुख बेदनारायण गच्छदारको प्रमुख अ।तिथियमा भएको कार्यक्रममा विद्यालयले समाजमा गरेको योगदानको विषयमा चर्चा गर्दै दुहबीको सम्पुर्ण विद्यालयहरुमा नैतिक शिक्षा लागु गर्ने जानकारी दिदैं अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि हुने नगर प्रमुख गच्छदारले जोड दिएका थिए ।
दुहवी नगरपालिकाको नमुना विद्यालयमा परीणत भएको सरस्वती मा.वि.लाई २ वर्षको अवधिमा स्नातक तह सम्मको अध्ययन गराउने उद्देश्य राखेका गच्छदारले बताए । विद्यालयका प्र.अ. लगाएत विद्यालय व्यवस्थापन समितीका अध्यक्षलाई आजैबाट स्नातक अध्ययन गराउनका लागी सम्पुर्ण कागजीहरु तयार गर्न आदेश समेत गरेका थिए ।
नगर प्रमुख गच्छदारले सामुदायिक विद्यायका शिक्षकहरु सँस्थागत विद्यालय भन्दा हरेक क्षेत्रबाट अबल रहेता पनि किन दिनानुदिन सामुदायिक विद्यालयको स्तर खसकिदै गईरहेको विषयबारे दुहवीका सम्पुर्ण विद्यालय व्यवस्थापनका अध्यक्ष र प्र.अ. लाई विज्ञयहरुबाट खोज अनुसन्धान गर्न अग्रह गरे ।


त्यसैगरी सरस्वती मा.वि.को आर्थिक व्यवस्थापन बारे आंैलाउँदै विद्यालयको १६ विघा जग्गाको मुवाब्जा र विद्यालयको सटरहरुको भाडाको रकम अहिलेको परिवेश अनुसार परिवर्तन गर्न समेत आग्रह गरे ।
विद्यायलको ६६औं वार्षिकोत्वस कार्यक्रमको उपल्क्ष्यमा विद्यालयको तिन तल्ले १४ ओटा कोठा भएको नवनिर्मित भवनको दुहवी नगर प्रमुख गच्छदारबाट समुद्घाटन सँगै विज्ञान प्रयोगशाला भवनको शिलान्यास गरीएका थिए भने ,जेहेनदार तथा विपन्न वर्गका विध्यार्थीहरुलाई पुरुषकार र सम्मान गरीएका थिए ।


साथै विद्यालयलाई विभिन्न माध्यमबाट सहयोग गरीने सहयोगी हाथहरुलाई स–सम्मान प्रकट गरेका थिए । विद्यालयको चौतर्फी बिकासका लागि सवै एक भएर लाग्नु पर्ने विद्यालयका प्रधान अध्यापक तेजप्रसाद तिम्सिनाले बताए । कार्यक्रमा दुहवी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतिवडा, शिक्षा शाखा प्रमख ,दुहवी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष लगाएत अभिभावक र विध्यार्थीहरुको उपस्थिती रहेको थियो ।