बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा ः प्रा.डा.सञ्जीव शर्मा

माघ २१ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले प्रा.डा.सञ्जीव शर्मालाई दिएको छ ।

शुक्रबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएको प्रतिष्ठानका सह प्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।

उनलाई उपकुलपतिले गर्ने प्रतिष्ठानको प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको हो । प्रा.डा.शर्मा सर्पदंश बिशेषज्ञ तथा मुटु र मृगौला रोगका पनि बिशेषज्ञ चिकित्सक हुन् ।
उपकुलपति डा.ज्ञानेन्द्र गिरी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा दायर गरेपछि निलम्बनमा परेका छन् । कुलपतिको जिम्मेवारी पाएका प्राडा.शर्मा प्रतिष्ठानका शिक्षाध्यक्ष हुन् ।
उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रयोग गरेको ‘प्रोफेसर’ पद प्रयोग गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नपाएको ओहदा पाएका भनी प्रोफेसरको पद प्रयोग गरेको देखिएकोले विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरिएको गतः माघ ९ गते प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका थियो ।