दमक फुटबल एकेडमी दोस्रो सोनापुर गोल्डकपको सेमिफाइनलमा

माघ २१ गते । सुनसरीको दुहबीमा आज शनिबार देखि सुरु भएको दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा दमक फुटबल एकेडमी झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको दुहबी ८ सोनापुर खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत आज भएको पहिलो क्वाटरफाइनल खेलमा दमक फुटबल एकेडमी झापाले पुर्वाञ्चल युनाइटेड फुटबल क्लब मोरङलालाइ १–० गोल अन्तरले पछि पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

दमक फुटबल एकेडमी झापाका खेलाडी सञ्जय धिमालले दोस्रो हाफको ६१ औं मिनेटमा १ गोल गरेर आफ्नो टिमको बिजय सुनिश्चित गराए । खेलको म्यान अफ द म्याच दमक फुटबल एकेडमी झापाका खेलाडी सञ्जय धिमाल घोषित भए उनले २५ सय नगद तथा मेडल प्राप्त गरे ।

समुदघाटन खेलका प्रमुख अतिथी दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले खेलको समुदघाटन गर्दै स्थानीय स्तरमा ब्यबसायिक खेलाडी उत्पादन गर्न सक्दो सहयोग गर्ने र। खेलसम्बद्ध निकाय खेलको विकासका लागि लागेको उहाँले बताउनुभयो । प्रतियोगितासँगै आगामी दिनमा खेलाडीहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धा गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । युवाहरुलाई दुर्व्यसनबाट मुक्त गर्न खेलकुद संग जोडने नगरपालिकाको विशेष पहल रहेको नगर प्रमुख गच्छदारको भनाइ रहेको थियो ।

आइतबारको दोस्रो क्वाटरफाइनल खेल बसाहा ११ फुटबल क्लब उदयपुर र इटहरी फुटबल क्लब सुनसरीका बिच हुने आयोजकले जनाएको छ । माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी मोरंग, झापा, धनकुटा र उदयपुरको ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता बिजेताले उपाधी सहित नगद २ लाख ट्रफी र उपबिजेताले १ लाख नगद ट्रफी पुरस्कार पाउने आयोजक मेमोरी युवा क्लब दुहबीका सचिव पञ्चनारायण चौधरीले जानकारी दिनुभयो ।