शिक्षक सेवा आयोगबाट नियक्त भएर आएका नयाँ शिक्षकहरुलाई स्वागत

माघ २० गते । सुनसरीकोे इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालयमा शिक्षक सेवा आयोगबाट नियक्त भएर आएका नयाँ शिक्षकहरुलाई स्वागत गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको पहलमा पहिलो चरणमा माविको नेपाली विषयको शिक्षक र दोस्रो चरणमा निमावीको गणित, विज्ञान र सामाजिक विषयको शिक्षक सहित चार जना आउनुभएको हो ।

उहाँ चारै जना नयाँ शिक्षकहरुलाई यादव सहित वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी, प्रधानाध्यापक श्यामदेव मेहता सहितकाले स्वागत गर्नुभएको थियो ।

विहीबारबाट विद्यालयमा हाजिरी हुनुभएका ३ जना निमावी र एक महिना अघि आउनुभएका माविका एक जना सहित चारै जना शिक्षकलाई एकसाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले बधाई तथा कार्यकालको शुभकामना सहित शैक्षिक गुणस्तर कायम गर्ने गरि पाठनोट, पाठयोजना सहित शैक्षिक सामग्रीका साथ पढाउन निर्देशन समेत दिनुभयो ।