सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आवश्यक तयारी पुरा

माघ २० गते । सुनसरीको दुहबीमा भोली देखि दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको आवश्यक तयारी पुरा भएको आयोजक मेमोरी युवा क्लब दुहबीका अध्यक्ष खड्गनारायण माझीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ्र ।

मेमोरी युवा क्लब दुहबीको आयोजनामा हुने प्रतियोगिताका लागि आवश्यक तयारी र प्रचार प्रसारको काम शुरु गरिएको अध्यक्ष माझीले बताउनु भयो ।

दुहबी ८ स्थित सोनापुर प्लटिङ्गको खेलमैदानमा हुने प्रतियोगितामा शनिबारको उद्घाटन खेल दमक फुटबल एकेडेमी, झापा र पूर्वाञ्चल युनाइटेड क्लब, मोरङबीच हुने जनाइएको छ ।

दुहबी नगरपालिकाको संयोजन तथा दुहबी नगरपालिका वडा नम्बर ८ को कार्यालय सोनापुरको सह–संयोजनमा हुने प्रतियोगिताको फाइनल खेल यही माघ २८ गतेका दिन हुने जनाइएको छ । एशियन थाई फुड्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक मेमोरी युवा क्लब दुहबीका सचिव पंचनारायण चौधरीले पत्रकार समेलनमा बताए ।

गोल्डकप फुटबल प्रतियोगितामा सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुर जिल्लाका ८ वटा क्लब बिच प्रतिस्प्रधा हुँने र गोल्डकप फुटबल प्रतियोगितामा दैनिक रुपमा उत्कृष्ट खेलाडीलाइ २५ सय नगद तथा मेडल, प्रतियोगिता अवधिभरको उत्कृष्ट १ जना खेलाडीलाइ ५ हजार नगद तथा मेडल प्रदान गरिनुका साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट विधा तर्फ ७ जना खेलाडीलाई पुरस्कृत गर्ने जनाइएको छ । प्रतियोगिता अवधिभर १६ लाख खर्च हुने अनुमानित बजेट रहेको आयोजकले जानकारी गराएको छ !