कोशी टप्पु बन्यजन्तु आरक्ष सिमसार दिवसमा अन्तरकृया कार्यक्रम

अषिश कुमार यादव
माघ १९ गते । सुनसरीको कोशी टप्पु बन्यजन्तु आरक्षले विश्व सिमसार दिवसको अवसरमा बिहिबार अन्तरकृया कार्याक्रम सम्पन्न गरेको छ ।


आरक्षले आजको आवश्यकता, सिमसारको पुनस्थापना मुल नाराका साथ कार्यक्रम गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा आफ्नो कुरा राख्दै कोशी गाउँपालिकाका अध्यक्ष एयुब अंसारीले आरक्षलाई विस्तार नभई व्यवस्थित गर्नु पर्ने र सिमसारलाई बिनास नभई संरक्षण गर्नु पर्ने बताउनु भयो ।

अंसारीले भारत सरकारको कोशी संझौताको कारण कोशी टप्पुको विकास र सिमसार संरक्षणमा चुनौती रहेको गुनासो गर्दै टेन्च निर्माणको लागि सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।

यता संरक्षण अधिकृत रमेश कुमार यादवले पूर्वी तराईको कोशीनदीको वहावक्षेत्रमा अवस्थित नेपालको पहिलो रामसार सूचीमासूचीकृत कोशीटप्पुवन्यजन्तु आरक्ष ( १७५ वर्ग कि.मि.) फैलिएर चराहरुको राजधानी तथा विश्व मै दुर्लभ अर्नाको संरक्षणको लागि महत्वपूर्ण क्षेत्र भएको बताउनु भयो ।


यादवले आरक्ष क्षेत्रको विकास विस्तारलाई स्थानीयको भावना र सवाललाई संबोधन गरेर गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा पंक्षि समाजका कृष्ण बहाव, कोशी ३ का वडा अध्यक्ष सुलेमान मंसुरी लगायतकाले सिमसार दिवस र चराको महत्व बारेमा बोलेका थिए । उता सोही कार्यक्रममा सिमसार क्षेत्र संरक्षणमा योगदान गर्ने माझि मलाहा संजालका अध्यक्ष गुलाबी मुखिया र पंक्षि संरक्षणकर्मी अनिस अधिकारीलाई सम्मान गरेको छ ।