जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्धता ः प्रजिअ पाण्डे

अषिश कुमार यादव

माघ १९ गते । सुनसरी जिल्लामा हुने विभिन्न गतिविधिहरुलाई निग्रानी गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी योजना तयार गरी अगाडी बढने सुनसरीमा आउनु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रतिवद्धता जाहेर गरेका छन ।


जिल्ला प्रशासन कार्यालय सुनसरीको सभा हलमा बिहिवार दिउसो सञ्चारकर्मीहरु संगको परिचयात्मक कार्यक्रममा प्रजिअ पाण्डेले शान्ति सुरक्षा, सुशासन र जवाफदेहिता आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो ।


जिल्लामा आए पछि तीन जिल्लाको अनुभव सहित रहेकोले काम गर्न सहज हुने बताउँदै सबै संगको समन्वय र सहकार्यलाई समेत आफूले प्राथमिकतामा राख्ने जाकारी दिनु भयो ।
जिल्ला भौगोलिक हिसाबले पहाडी भुभाग देखि भारतीय खुल्ला सिमा संग समेत जोडिएकोले सुरक्षा चुनौति भएपनि त्यसलाई सम्बोधन गर्ने आफ्नो पहल प्रयास निरन्तर जारी रहने बताउनु भयो ।
प्रजिअ पाण्डेले जिल्लाका पत्रकारहरु संग जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी समेत लिनु हुदै आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नु भएको हो ।
पत्रकार भेटघाटमा जिल्लाको सुरक्षा अवस्थाको बारेमा प्रहरीबाट भई रहेको सचेतना, अभिमूखिकरण लागु औषध नियन्त्रण तथा नियमन, सिमा सुरक्षाको निग्रानी लागयतका बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनु भयो । त्यसै गरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमदले प्रजिअबाट पहल भई सहज रुपमा सेवा प्रदाय निकायबाट पाउनु पर्ने सूचना सहकार्य गरी दिनु पर्ने, पत्रकारलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने जस्ता विषयहरु राख्नु भएको थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी शाखा उपाध्यक्ष गणेश निरौला, अजित कुमार झा, पवन रौनियार लगायतले जिल्ला हुने विभिन्न समस्या, चुनौति र सवालका बारेमा आफ्नो विचारहरु राखेका थिए ।