प्रेस युनियन प्रदेश १ को अध्यक्षमा नवोदित

नेपाल प्रेस युनियन प्रदेश १ को सभापतिमा मीनकुमार नवोदित श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

युनियनको प्रदेश १ को पहिलो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला, जयन्तीकला तामाङ, शारदा तामाङ, महासचिवमा सञ्जीव वाग्ले चयन भएका छन् । सचिवमा विनय बाह्रकोटी, सरोज खत्री, सरला रेग्मी र कोषाध्यक्षमा कविराज घिमिरे चयन भएका छन् ।

प्रदेश सदस्यमा आशिष यादव, चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनुप्रसाद खड्का, प्रकाश पाक्षेवा, शिखरजंग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी, संगीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भाष्कर चौधरी,  खिलन राई, खेमराज बराल र जीवन फुयाँल सदस्यमा चयन भएका छन् ।