नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण

माघ १३ गते । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै उक्त गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
कार्यरत कर्मचारीहरुलाई दैबिक प्रकोपको बिपदमा परेका नागरिकहरुको उद्दारमा अहम भुमिका निर्वाह गर्न र विभिन्न किसिमका दंगा, चक्का जाम, घेराउ, धर्ना जस्ता सम्वेदनशील, असामाजिक तथा आपराधिक गतिविधिहरुको नियन्त्रण गर्ने कार्यमा बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई आत्मसात गर्दै कार्य गर्न बताउनुभयो ।
साथै वहाँले बिपद ब्यबस्थापनमा गणको उल्लेखनिय भुमिका रहेने हुँदा २४ सै घण्टा तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो ।