कर्तव्य ज्यान मुद्वाका फरार प्रतिवादी पक्राउ

। सुनसरीमा कर्तव्य ज्यान मुद्वाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

मिति २०६३।११।१८ गते सुनसरीको भोक्राहा २ स्थित ४५ वर्षीय शिवनारायण मुसहरको हत्या भएको थियो ।

सोही ठाउँ बस्नेरुदनी देवी मुसहर्नी, बुधन मुसहर र कुमिया देवी मुसहर्नीले कुटपिट गरी धारिलो हतियार खुकुरीले प्रहार गरेर शिवनारायणको हत्या गरि फरार थिए ।

लगत नं. ५२०७ मिति २०६९।०१।२२ गते सर्वोच्च अदालत काठमाण्डौको फैसला अनुसार बुधन मुसहरलाई १९ वर्ष १० महिना २५ दिन कैद भएको र अर्का प्रतिवादी कुमिया देवी मुसहर्नीलाई लगत नम्वर ६५८८ मिति २०७१।११।१४ गते सुनसरी जिल्ला अदालत इनरुवाबाट ५ वर्ष कैद भइ फरार भएका थिए ।

फरार प्रतिवादीहरू पक्राउ गर्ने अभियान अन्तर्गत उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको विशेष टोलीले शुक्रबार कोसी गाउँपालिका ७ बाट पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई शुक्रबारै सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।