हात्तीको नियन्त्रणमा ध्यान दिऔं ।

सुनसरी लगायत सप्तरी तथा उदयपुर जिल्ला वरपरको विभिन्न क्षेत्रमा हात्तीको आतंक दिनानुदिन बढ्दै गएकोमा स्थानीयहरु रातको समयमा जाग्राम बस्न बाध्य भएका छन् ।
बढी मात्रामा सुनसरीको कोशी, भोक्राहानरसिंह गाउँपालिकामा तथा बराहक्षेत्र नगरपालिका क्षेत्रमा हात्तीको आतंक बढेकाले सयौ स्थानीयहरु रातभरी जाग्राम बस्न बाध्य भइरहेको देखिएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीले स्थानीयवासीको धानबाली, तरकारी बाली र घरमा भण्डारण गरिएर राखिएको अन्नवालीमा समेत क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेकामा आरक्षले हात्ती नियन्त्रणको लागि ठोस पहल नथालेको प्रति स्थानीयवासीहरु आपत्ति जनाएका छन् ।
भोक्राहानरसिंह गाउँपालिकाका स्थानीयवासीका अनुसार हात्तीले आतंक मच्चाएको र केही महिनाको अन्तरालमा मानवीय क्षति समेत भएको बताएका छन् ।
कोशी गाउँपालिकाको हरीपुर, श्रीपुर, पश्चिम कुशाहा र लौकही पश्चिम क्षेत्र तथा बराहक्षेत्रको मधुवन, प्रकासपुर, श्रीलंका टाप्पु र सप्तरीको केही गाउँमा समेत जंगली हात्तीको आतंक बढेको भण्डारण गरिएर राखिएको अन्नवाली समेत खाई क्षति गर्दा वर्ष दिनको गुजारा कसरी चलाउने पीडा पीडितहरुमा देखिएको छ ।
कोशी क्षेत्रमा कहिलेकाँही दिउसै र रातिको समयमा बढी दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर हात्तीले आतंक मच्चाइराख्दा स्थानीयहरु तर्सित छन् ।
तसर्थ लोप हुँदै गइरहेको जंगली जनावरहरुलाई संरक्षण गर्नुको साथै मानवीय क्षति न्यूनिकरणको लागि ठोस पहल थाल्न सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ ।