मुसहर बस्तिका विपन्न र एकल महिला तथा जेष्ठ नागरिकलाई कम्बल वितरण

पुस २९ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको मुसहर बस्तिका विपन्न र एकल महिला तथा जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।

सितलहर र जाडोबाट अति प्रभावित अतिविपन्न २७ मुसहर परिवारलाई कम्बल प्रदान गरिएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अतिविपन्न मुसहर परिवारलाई कम्बल प्रदान गर्नुभएको हो ।

शुक्रबार इनरुवा नगरपालिका ९ बबियाको प्रभावित मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठ नागरिकलाई घरघरमै पुगेर कम्बल वितरण गर्नुभएको छ ।

प्रजिअ यादवले २७ जना विपन्न परिवारलाई ३० वटा कम्बल प्रदान गर्नुभएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।
शीतलहरले जनजीवन प्रभावित भएपछि अति कष्टकर जीवन बाँचिरहेका र केहीले बोरा ओडेर समेत रात कटाईरहेको सूचना आएको अधारमा इनरुवा नगरपालिका–९ का अतिविपन्न २७ जनालाई एक÷दुई वटा कम्बल प्रदान गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय दिएको छ ।

समितिको स्रोतबाट कम्बल प्रदान गरिएको र कम्बल वितरण कार्यक्रममा प्रजिअ यादव सहित जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई, गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, प्रशासकीय अधिकृत तथा सर्वसाधारणको सहभागिता थियो ।

अति आवश्यक देखिए अन्य ठाउँका विपन्नलाई पनि सहयोग गर्न प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।