प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए विश्वासको मत

पुस २९ गते । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् ।

प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।