बोकेदाह्रीको ‘काका हरायो’ को म्यूजिक भिडियो सार्वजनिक

हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) ले काका हरायो नामक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

लुइँटेलकै अफिसियल युट्युब च्यानलमार्फत उनले गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

बोकेदाह्री र मनिषा पोखरेलको आवाजमा रहेको गीत अच्युत अधिकारी (ब्याए भुटान) ले लेखेका हुन् ।बालबालिकाहरूले अंग्रेजी शब्द मात्रै घोक्दै जाँदा नेपाली संस्कृति र शब्द नै भुलेको कुरालाई गीतमार्फत उठान गरिएको छ ।

बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिनका लागि उक्त म्यूजिक भिडियो तयार पारिएको गायक लुँइटेलले बताए ।