चिसो बढेपछि सुनसरीको जनजीवन प्रभावित

पुस २७ गते । जिल्लाभर बढेको चिसोको कारणले सुनसरीको जनजीवन प्रभावित भएको छ ।

जिल्लाका अधिकांश भागमा १ सता यता बिहानै देखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।

चिसो बढेकाले जाडो समेत बढेको स्थानीयहरुले बताएका छन् । अरु दिनको तुलनामा मंगलबार दिनभरनै र बुधबार बाक्लो हुस्सु लागेकाले यहाँको जनजीवन प्रभावित भएको हो ।

दिनभर नै बाक्लो हुस्सु लागेको र चिसो हावा समेत चलेकाले मानव जनजीवन प्रभावित हुनुका साथै पशुचौपायामा समेत असर परेको छ । यससँगै बजार क्षेत्रमा न्यानो कपडाको बिक्रि समेत बढेको व्यपारी राहुल साहले बताउनुभयो । हुस्सु र अत्यधिक चिसो बढेकाले सर्वसधारणलाई घरबाहिर निस्कन समस्या भएकाले बजारमा चहलपहल कम भएको छ ।

जाडोले ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकाहरुलाई बढी समस्या भएको गढी गाउँपालिकाका देव चौधरीले जानकारी दिनुभयो ।

सुनसरीमा चिसो बढेसँगै दुहवी, इनरुवा, इटहरी, , लौकही, औरावनी, भाण्टाबारी सहितको बजारमा मानवको चहलपहल कम भएको केही मानिसहरु घर र चोकचोकमा भेला भएर आगो बालेर तापेर बसिरहेका छन् । यसैगरी अत्यधिक चिसो बढेपछि सुनसरीका अधिकांश विद्यालयको पठनपाठन बन्द गरिएको छ ।