देवानगंजका किसान बन्दा कोबी बाट मनग्य आम्दानी लिदै

आशिष कुमार यादव
पुस २६ गते । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्वर १ का मनोज मेहता तरकारी बेचेरै बार्षिक लाखौ आम्दानी लिदै आईरहेको छ ।


२०७६ सालबाट बन्दाकोबी खेति गर्न थालेका मेहता अहिले बन्दाकोपि बेचेर वर्षमा ७ लाख आम्दिानि लिने गरेको छ ।
पौरख गरे आफ्नै देशमा पनि केहि गर्न सकिन्नछ भन्ने उदाहरणका पात्र बनेको छन् मनोज मेहता तरकारी खेती गर्न थालेका ४८ वर्षिय मेहताले अहिले तरकारी बन्दाकोबी बेचेर बार्षिकरुपमा ५ देखि ७ लाख आम्दिानी लिदै आईरहेको मेहताले बताउनु भयो ।
२०७६ सालभन्दा अगाडि मकै खेति गरेर जिबिको पार्जन गर्दै आइरहनु भएको मेहतालाई घरगर्जो टार्न धउधउ पर्नुका साथै मुस्कीलले घरबारको समस्या झेल्नु परेको मेहताले सुनाउनु भयो । बन्दा कोपिको बिउ व्याड राखेर चार कठ्ठा को बारीमा बन्दाकोपि उत्पादन गरेर १ लाख आम्दानी लिन सफल भएपछि तरकारी खेति गर्न तर्फ लागेको मेहताले बताउनु भयो ।
अहिले मेहताको ३ वर्षको अन्तरालमा तरकारी खेतिबाट जिबन नै फेरिएको छ । निरन्तर तरकारी खेतिगर्दै आईरहेका मेहताले अहिले बार्षिक रुपमा देखि ७ लाखसम्म आम्दानी लिदै आईरहेको छ । तरकारी खेति गरेरै मेहताले दुइ बिघा जग्गा जोडी घर घडेरि पनि जोडेका छन् भने तरकारी बेचेर उहाँ अहिले लाखौको मालिक बनेको छ । यस बर्ष पनि मेहताले भखरै प्रति केजि ४० देखि २० रुपैयाले बन्दाकोबी बेचेर यसवर्ष ७ लाख बराबर आम्दानी लिएको र अझै टमाटर खेतीबाट राम्रो आम्दानी लिन सक्ने उहाँको तर्क रहेको छ ।
मेहताका छोराछोरी शिक्षासँगै फुर्सदको समयमा खेतीमा सघाउने गरिरहेका छन् । घरका सबै सदस्य तरकारी खेतीमा सघाइरहेका छन् । त्यसैगरी मेहताले तीन÷चार वर्ष अगाडि उत्पादन गरेको तरकारी विराटनगर, दुहबी, इनरुवामा लगेर बेच्नुपर्ने बाध्यता रहेको बताउँदै हाल खेतबारीमा नै व्यापारीहरु बन्दा तथा अन्य तरकारी लिन आउने गरेको जानकारी दिनुभयो ।
अहिले बारिमै व्यापारी आउने हुदा पहिलाको जस्तो दुख नरहेको बताउनु भयो । मेहताका परिवारका सदस्यले भने मुल्य स्थिरता नहुदा किसान हरु मारमा पर्ने गरेको र सधै एकै किसीमको बजार मुल्यको व्यवस्था भएको भए किसानलाई सहज हुने बताए । किसानहरु सधै पालै पालो फर्ममा एकआपसमा सघाउदै तरकारी रोप्ने देखि टिप्ने सम्म एक आपसको साथ सहयोग गर्दै काम गर्ने भएकाले कृषि मजदुर नपाउने समस्या नरहेको बताउनु भयो ।