संघीय निजामती ऐन ल्याउनुपर्ने आवश्यक ः रावल

। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय अध्यक्ष हरि बहादुर रावलले संघीय निजामती ऐन ल्याउनुपर्ने आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी निजामती सुनसरीको इनरुवामा सम्पन्न भएको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुदै उहाँले कर्मचारी र जनमैत्री सेवाका लागि संघीय निजामती ऐन आवश्यक रहेको बताउनुभएको हो ।

संविधान जारी भएको आठ वर्ष भइसक्दा पनि निजामती सेवा ऐन नबन्दा प्रशासनिक क्षेत्रमा अस्थिरता बढेकाले तत्काल ऐन ल्याउनुपर्ने आवश्यक रहेको सो कुरा रावलले बताउनुभयो ।

रावलले अन्तरस्थानीय तह सरुवाका लागि पनि संघकै मुख ताक्दै कर्मचारी, प्रदेश सरकारका काम समेत प्रभावित भएकाले संघीय निजामती ऐन तत्काल ल्याउनुपर्ने आवश्यक रहेको बताए ।
स्थानीय तह र प्रदेशमा कर्मचारीको पदपूर्ति, बढुवा पनि प्रदेश लोकसेवा आयोगबाट हुने संवैधानिक व्यवस्था रहेपनि तर, संविधान जारी भएको ८ वर्ष पुग्नै लाग्दा पनि संघीय निजामती सेवा ऐन बन्न नसकेकाले समस्या देखिएको उहाँको भनाई रहेको थियो ।

जसकारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको काम कर्मचारी खटनपटनमा सीमित भइरहेकाले ऐन आवश्यक रहेको छ ।
उहाँले संघीय निजामती सेवा ऐन नआउँदा कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा प्रकाश राईले संघमा संघीय निजामती सेवा ऐन जारी नहुँदा स्थानीय तहमा खटिएका कर्मचारी सरुवाको फाइल बोकेर सिंहदरबार पुग्ने गरेको र २०७५ मा समायोजन भई स्थानीय तहमा गएका मात्र नभई, लोकसेवा आयोगबाट स्थानीय तहमा स्थायी नियुक्तिका लागि सिफारिस भई गएकाहरू पनि अन्तर सिफारिस भई गएका कर्मचारी पनि अन्तर स्थानीय तह सरुवाका लागि संघकै मुख ताक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी निजामती सुनसरीको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा लोकेन्द्र चौलागाई, प्रकाश राई, प्रदेश सभा सदस्य सपना परियार, नेकपा माओवादी केन्द्रका सुनसरी अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु), पोलिटव्यूरो सदस्य मुक्सहाग म्याग्वो मुकेश, नरबहादुर कटुवाल, विष्णु प्रसाद चौलागाई, भोजराज पोखरेल, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष चिनेश्वर मेहता, प्रदेश सचिव रेवती पोखरेल, नेपाल निजामती कर्मचारी संगठन समाजवादीका अध्यक्ष गणेश भट्टराई सहितकाले शुभकामना मनतव्य राख्नु भएको थियो ।

सोही कार्यक्रममा सेवा निवृत अधिकृतलाई सम्मान समेत गरिएको थियो । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी निजामती सुनसरीको संस्थापन तथा आवद्ध भएर सेवा निवृत हुनुभएका तीन अधिकृतलाई सम्मान गरेको हो । इनरुवामा सम्पन्न भएको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पूर्व कृषि विकास अधिकृत राजकान्त झा, पूर्व वन अधिकृत विन्द्र नारायण झा र नरबहादुर कटुवाललाई सम्मान गरेको निजामतीका अध्यक्ष शान्ती बहादुर अधिकारीले जनाकारी दिनुभयो । उहाँले प्रदेश सभा सदस्य सपना परियार सन्ध्यालाई समेत सम्मान गर्नुभएको थियो ।