दुहबी ८ वडाका जेष्ठ नागरिक,एकल महिला हरुलाई फाइबर सिरक वितरण

पुस २० गते । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ ले वडाका जेष्ठ नागरिक,एकल महिलाहरुलाई जाडोबाट बच्नका लागि फाइबर सिरक वितरण गरेको छ ।

वडा कार्यालयले जाडोबाट बच्नका लागि फाइबर सिरक वितरण गरेको दुहबी ८ वडा अध्यक्ष तारिकचन्द सरदारले जानकारी दिनुभयो ।

सरदारका अनुसार वडा कार्यालयले ८मा जेष्ठ नागरिक र एकल महिलाहरू तथा अपांगता भएकालाई जाडोमा फाइबर सिरक वितरण गरेको हो ।

जेष्ठ नागरिकहरु, एकल महिलालाई जाडो मौसमसँगै न्यानो फाइबर सिरक वितरण गरिएको सरदारले बताउनुभयो ।

वहाँले भन्नुभयो ‘जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक÷एक थान न्यानो फाइबर सिरक वितरण छ,’ ‘जसले गर्दा जेष्ठ नागरिकलाई न्यानोको महसुस होस ।
जेष्ठ नागरिकहरुका लागि आगामी वर्ष पनि विषेश कार्यक्रम सञ्चालन गरिने वडा अध्यक्ष तारिकचन्द सरदारले बताउनुभयो ।

गाउँमा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न न्यानो फाइबर सिरक वितरण सम्मान गरिएको वडा सदस्य इन्दिरा देवी निरौलाले बताउनुभयो ।

न्यानो फाइबर सिरक वितरण कार्यक्रममा वडा सदस्यहरु नबी हुसेन, इन्दिरा देवी निरौला , कलावती माझी ,सरिता मुसहर्नी लगायतको उपस्थिती रहेको थियो ।