दुहबी नगरपालिकाकोअतिक्रमित जग्गा खाली गर्न सूचना प्रकाशित

। दुहबी नगरपालिकाले अतिक्रमित जग्गा खाली गर्न सूचना प्रकाशित गरेको छ ।

सार्वजनिक तथा ऐलानी जग्गामा निर्माण भएका संरचना हटाउन आग्रह गर्दै पुस १९ गते नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेको हो ।

साविक दुहवी गा.वि.स. हाल दुहवी नगरपालिका वडा नंं ५ अन्तरगत रहेको २ बिगाहको ४ प्लट मध्ये जिल्ला सुनसरी साविक दुहवी गा.प. वडा नं. ७ (ख) कि.नं. २६ को ज.वि.०–९–१८ ऐ.ऐ. वडा नंं ७(ख) कि.नं. ५८ को ज.वि. ०–४–१ प्लट भित्र रहेका व्यक्ति तथा संस्थाका अवैध घर टहरा तथा बनेका संरचनाहरु यस नगरपालिकालाई नगर विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न उक्त प्लटहरु खाली गर्नुपर्ने भएको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाको आवश्यक पूर्वाधार निर्माण गर्न उक्त प्लटहरू खाली गर्नुपर्ने भएकाले पुस १४ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार सूचना प्रकाशित गरिएको बताइएको छ ।

३५ दिन भित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम नगरपालिका आफैले घर टहरा हटाएर जग्गा खाली गर्ने भएको छ ।

घर टहरा हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्ती वा संस्थाबाट असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिका कार्यालय आसपास तथा बजार क्षेत्रमा रहेका जग्गा खाली गर्न सूचना जारी गरिएको मेयर वेदनारायण गच्छदारले बताए ।