अपाङ्गता भएका नागरिकलाइ साहयक सामग्री हस्तान्तरण

पुस १८ गते । सुनसरिको दुहबी नगरपालिकाले ३४ जना अपाङ्गता भएका नगरबासीलाइ लाइ साहायक सामाग्री हस्तान्तरण गरेको छ ।

आज सोमबार नगरपालिकाको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख बेद नारायण गच्छादारले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

दुहबी वडा नम्बर १ देखि १२ सम्मका अतिबिपन्न अपाङ्गता तथा पुर्ण असक्त अपाङ्ग, भएका ब्यक्तिहरुलाइ नगर प्रमुख गच्छदारले साहायक सामाग्री हस्तान्तरण गरेका हुन् ।

अपाङ्गता प्रति समाजमा विद्यमान नकारात्मक धारणाहरूमा न्यूनिकरण गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति समाज र सरोकारवालाहरूको व्यवहारमा परिवर्तन गराउन पनि यस कार्यक्रमले निकै राम्रो भूमिका खेल्ने नगर प्रमुख गछदारले बताए ।

गच्छादारले हिडडुल गर्न नसक्ने अपाङ्गता भएका १० जनालाइ १ थानका दरले १० थान ह्विल चियर, ३ जनालाइ सिपि चियर ३ थान, चर्पी चेएअर १ थान, डिजिटल हेयरिङ्ग एड ५ थान, स्टान्डिङ्ग फ्रेम ३ थान, वाल्कर ३ थान, बैसाखि ३ थान यल येस्टिक ६ थान गरि जम्मा ३४ जनालाइ ६ लाख मुल्य बराबरको ३४ थान साहायक सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गछदारले जन्माजात अपाङ्ग हुनु र दुर्घटना बाट अपाङ्गहुनु अभिसाप वा पाप होइन त्यसैले अपाङ्गता भएका ब्यक्तिहरु समाजका बोझ होइनन, समाजका नागरिक हुन भन्ने सन्देश दिनपनि नगरपालिकाले यो कार्यक्रम आयोजना गरेको बताए ।

करुणा फोंडेसन, प्रदेश १ सामाजिक बिकाश मंत्रालय तथा दुहबी नगरपालिकाको त्रिपछिय सम्झोता बमोजिम उक्त स्माग्री बितरण गरिएको दुहबी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसिले जानकारी दिनु भयो ।

कार्यक्रममा नगर उपप्रमुख मेनुका खतिवडा, प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसि,स्वास्थ्य साखा प्रमुख बिन्देस्वर महतो, स्वास्थ्य अधिकृत उचित नारायण साह, सीबिआर सहजकर्ता लगायतको उपस्थिति रहेको थियो ।