सुनसरीको दक्षिणी भेगमा पहिलो पटक २४ घण्टे इर्मजेन्सी सेवा संचालनमा

पुस १८ गते । सुनसरीको दक्षिणी भेग हरिनगर गाउँपालिकामा पहिलो पटक आज सोमबार बाट ५ सैय्याको २४ घण्टे आकस्किमक स्वास्थ्य सेवा संचालनमा ल्याएको छ ।

हरिनगर प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा सो २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा संचालनमा ल्याएको हो ।

सुनसरीको दक्षिणी भेगमा पहिलो पटक २४ घण्टे इर्मजेन्सी सेवा संचालनमा आई दक्षिणी भेगका जनताहरु स्वास्थ्य जोखिमबाट बच्नका लागि सेवा प्राप्त गर्ने अवसर पाएको सरोकारवालहरुले बताएका छन् ।

सुनसरी क्षेत्र नं.४ ख प्रदेश सभासदस्य हाजी इसराइल मन्सुरीद्धारा उद्घाटन गरिएको सो कार्यक्रम छिमेकी पालिका भोक्राहा नरसिंह , देवानगंज , इनरुवा नगरपालिकाका दक्षिणी भेग जल्पापुर लगायत हुलाकी राजमार्गमा आउने जाने यात्रीहरु,सडक दुर्घटनामा परेका हरुलाई तत्कालै स्वास्थ्य जोखिमबाट बचाउनका लागि यस आकस्मिक उपचार केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले बताउनु भयो ।