सुनसरीको दुहवीमा “वृत्ति परामर्श,उद्यम तथा रोजगार मेला”

पौष ७ गते । सुनसरीको दुहवी नगरपालिकाको आयोजनामा “वृत्ति परामर्श,उद्यम तथा रोजगार मेला” शुक्रबार बाट संचालन हुने भएको छ ।

आज बिहीवार दुहबी नगर पालिकाको सभाहलमा नगर प्रमुख बेद नारायण गच्छदारले पत्रकार समेलन मार्फत पौष ८ र ९ गते (शुक्रबार र शनिबार) बिहान ९ बजेदेखि अपरान्ह ४ः०० बजेसम्म श्रीसरस्वती मा.वि. दुहवी वडा नं. ५ को खेल मैदानमा “वृत्ति परामर्श,उद्यम तथा रोजगार मेला” आयोजना हुने जान्कारी दिनु भएको हो ।


प्रमुख गच्छदारका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, प्रदेश नं. १, मनमोहन प्राविधिक विश्वविद्यालय, नेपालउद्योग परिसंघ प्रदेश नं. १, नेपालतालिमतथा रोजगार व्यवसायीमहासंघ, प्रदेश नं. १, व्यावसायिक सीप तथातालिमप्रदायक संघ, प्रदेश नं. १, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, दुहवीउद्योग बाणिज्य संघ रनेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना– दिगो तथा सम्मानित रोजगारीकालागि सीप, आसमान नेपालपरियोजनाको सहकार्यमामेलाको आयोजनाहुदैछ ।

समुन्नत दुहवीनगरपालिका निर्माणका लागि बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने साथै लघु उद्यमको माध्यमबाट परिष्कृत उद्यमशिलतामा प्रवद्र्धन गरी रोजगार र स्वरोजगारको अभिवृद्धि गराउने उद्देश्य लिई जनशक्तिलाई स्थानीय उद्योग÷व्यवसाय, बंैकिङ्ग, पर्यटन, होटलव्यवसायलगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन मेला सार्थक हुने गच्छदारको दावी रहेको छ ।
उहाँले यस क्षेत्रकाउद्यमीहरुको उद्यमविकासका सफलताका कथाहरु तथा सिकाईहरु आदान प्रदान गर्ने उद्धेश्यले दुहवीनगरपालिकामा सञ्चालन हुने “वृत्ति परामर्श,उद्यमतथा रोजगार मेला” को उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईल गर्नुहुने जानकारी दिनुभयो ।


बेरोजगार युवाहरुमा स्थानिय क्षेत्रमा रहेका उद्यमशिलताको अवसरको जानकारी दिई दिगो रुपमा लघु उद्यमीको रुपमा स्थापितगर्न सहयोग पुग्ने हुनाले यस मेलामा रोजगार तथासीपको खोजिमा रहेका युवा, प्राविधिक, प्रशासनिक क्षेत्रकाव्यक्तिका साथै श्रमिकवर्गको साथै तालिमप्रदायक, रोजगार सेवाप्रदायक, विभिन्न संघसंस्था, नेटवर्क एसोसिएसनको प्रत्यक्ष सहभागिता रहने यस मेलामाउद्योग÷व्यवसाय÷उद्यमील गायत अन्य क्षेत्रका रोजगार दाताको पनिप्रतिनिधित्व हुने जनाएको छ ।
प्रमुख गच्छदारका अनुसार वृत्तिविकास तथा रोजगार सम्बन्धी परामर्श सेवा तथा सूचना दिइने, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमको सूचना दिइने,रोजगार सेवाप्रदायक सेवाको अवसरको सूचना दिइने,रोजगार सम्बन्धी सूचना तथा रोजगारदाता सँग प्रत्यक्ष सम्पर्क गराइने,रोजगारको अवसर प्रदान गर्न सकिने,रोजगार सूचना प्रणाली (श्रमसंसार)को जानकारी दिइने,स्थानीय उत्पादन प्रदर्शनी गरिने,उद्यमशिलता विकास तथा व्यवसायिक विकास प्रवद्र्धनको परामर्श प्रदान गरिने,स्थानीय लघुउद्यमीहरुको उत्पादित वस्तु तथा सीप प्रदर्शन तथाप्रवद्र्घन गरिने,दुहवी नगरपालिका बाट प्रदान गरिने तालिम तथा सेवाको जानकारी गराइनेछ ।
स्थानीय जनशक्ति लाई स्थानीय स्तरमै रोजगारी तथा स्वरोजगारी उपलव्ध गराउने तथा उत्प्रेरित गर्ने अभिप्रायले आयोजना गर्न लागिएको वृत्ति परामर्श उधमतथा रोजगार मेलामा विभिन्न उद्योग व्यवसायहरु बाट सीपयुक्त जनशक्तिको मागको रहेको छ । तसर्थ यस मेलामा करिब१०,००० जना भन्दा बढिको सहभागिता रहने र ५५ वटा स्टलहरु रहने अनुमान गरिएको छ ।

मेलाबाट विद्यार्थीहरु तथा युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्तगर्ने, श्रमसंसार मार्फत रोजगारी तथासिपको अवसरको जानकारी प्राप्तगर्ने, उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्तिबारे जानकारी पाउने, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसाय संग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी पाउने छन ।