जनजातीलाई मधेसीबाट सांसद सिफरीस गरेको भन्दै पाटन उच्च अदालतमा मुद्या दायर

मङ्सिर २६ गते । नेपाली कांग्रेसले प्रदेश १ मा सामानुपातिक तर्फको सांसद बनाउन सिफारीस गरेको अन्तिम नामावली प्रति असन्तुष्टी जनाउँदै सुनसरीकी लक्ष्मी ठाकुरले उच्च अदालत पाटनमा मुद्या दायर गर्नुभएको छ ।

मंसिर २३ गते ठाकुरले उच्च अदालत पाटनमा दायर गर्नुभएको मुद्यामा आज सोमबार सुनुवाई गदैै अदालतले कारण देखाउ आदेस जारी गरेको ठाकुरले बताउनुभएको छ । अदालतका विपुल न्यौपानेको इजालसले कारण देखाउ आदेस जारी गरेको हो ।

निवेदक लक्ष्मी ठाकुरको पक्षमा अधिवक्ता सिता खनाल र गायत्री श्रेष्ठले बहस गर्नुभएको थियो ।
ठाकुरका कानुन व्यबसायी दिपक शर्मा दुवेले जनजातीलाई मधेसी कोटाबाट समानुपातिक सांसदको नाम सिफारीस गरेको भन्दै मुद्या दायर गरेको बताउनुभयो ।

ठाकुर ठाउँमा पर्नुभएको गणेश आदीवासी जनजाती महिला महासंघको केन्दिय उपाध्यक्ष भएकाले मधेसी कोटामा सासद बन्न नहुने तर्क गरेको हो । अहिले पनि उहाँ जनजाती भन्दै हिडिरहनु भएको छ ।

जनजातीलाई मधेसीको कोटामा सांसद बनाएर मधेसीको अपमान गरिएको दावी गरिएको छ । ठाकुरले पार्टीले निर्वाचन अगाडि समानुपातिक तर्फको नाम सिफारीस गरेपछि दावी विरोध गर्न दिएको समयमा समेत निर्वाचन आयोग र पार्टीमा निवेदन दिनुभएको थियो ।

उहाँले असोज २७ गते प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत उजुरी दिनुभएको थियो । दावी विरोध गर्दा समेत सुनुवाई भएन, उहाँले भन्नुभभयो,मधेसीको कोटामा जनजातीलाई सांसद बनाएपछि बाध्य भएर अदालत गए, ।

निर्वाचन आयोगले प्रकाशीत गरेको अन्तिम बन्द सूचीमा मधेसी महिलामा १ नम्बरमा लखि गणेश र २ नम्बरमा लक्ष्मी ठाकूरको नाम रहेको छ । यसमा ठाकुरले आफू अन्यायमा परेकोले न्यायका लागि अदालतको ठोकामा पुगेको बताउनुभयो ।

कांग्रेसका तर्फबाट मधेसी महिला कोटाबाट समानुपातिकको बन्द सूचीमा रहेकी ठाकुरले आफ्नो नाम काटिएकोमा आपत्ती जनाँउदै उच्च अदालत पाटनमा मुद्या दायर गर्नुभएको हो ।

उहाँले नेपाली कांग्रेस केन्द्रिय समिति, पार्टी सभापति शेरबहादुर देउवा, निर्वाचन आयोग, झापाकी लखी गणेश र झापा गाँउपालिका वडा नम्बर ४ का वडाअध्यक्ष ताहिर हुसेनलाई विपक्षी बनाँउदै मुद्या दायर गर्नुभएको थियो । झापा गाँउपालिका वडा नम्बर ४ का वडाअध्क्ष ताहिर हुसेनलले लखिलाई मधेसी भनेर सिफारीस दिनुभएको छ ।

गणेश र ठाकुर दुवै अल्पसंख्यक भएको बताइएको छ । समानुपातिक प्रणालीको अन्तिम नतिजा आएपछि कांग्रेसले प्रदेश १ मा १२ सांसद पाएको छ । यहाँ १२ मध्ये १ जना मधेसी महिला पनि पठाउनुपर्ने भएपछि कांग्रेसले लखि गणेशको नाम सिफारीस गरेको छ ।