हात्तीको आक्रमणबाट एक वृद्वको मृत्यु

मङ्सिर २० गते । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ ।

हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी जानकारी दिए ।

मृतक बाँस्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ ।