इनरुवा बजार क्षेत्रमासडक पेटीबाट हिड्न समस्या हुने गरि निर्माण गरिएको संरचना हटाइयो

मङ्सिर २० गते । सुनसरीकोे इनरुवा नगरपालिका बजार क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण भएको संरचना र टहरा हटाउने अभियान सुरु गरेको छ ।

इनरुवा नगरपालिकाले नागरिकलाई सडक पेटीबाट हिड्न समेत समस्या हुने गरि निर्माण गरिएको संरचना हटाएको छ भने सडकमा फुटपातका पसलहरु समेत हटाइएको छ ।

मंगलबार इनरुवा नगरपालिकाले नगर प्रहरीसमेतको टोलीले सडक अतिक्रमण गरि बनाएको सटर, टहरा भत्काएको हो ।

बजार क्षेत्रको सडक अतिक्रमण गरेर बनाएको पसल, फुटपात सहितका हटरा हटाउन पटक पटक सूचना जारी गरि आग्रह गर्दा पनि अटेर गरेपछि भत्काउनु परेको इनरुवा नगरपालिका नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । यसअघि अतिक्रमण हटाउने बहस निर्णय भए पनि कार्यान्वयन नभए पछि अब सडक अतिक्रमण हटाउन आफूले खुट्टा नकमाउने नगर प्रमुख भण्डारीको भनाइ छ ।
पहिलो चरणमा इनरुवा १ को बजार क्षेत्रमा सडक पेटी खाली गर्ने अभियान सुरु गरेको भण्डारीले बताउनुभयो ।

इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेलले केही व्यक्तिको लाभका लागि समग्र बजारलाई कुरुप पार्ने, सडक पेटी अतिक्रमण गर्ने कार्यलाई निरुत्साहित गर्न सडक पेटी खाली गर्ने अभियान सुरु बताउनुभयो उता स्थानीयले भने सडक पेटी खाली गर्ने नाममा आफूहरुको टहरा, सटर र फुटपातमा समेत नष्ट गरेकोमा आक्रोश व्यक्त गरेका छन् ।

उनीहरुले सडकमै रहेका टहरा भत्काए पनि सामग्री नष्ट गर्न नहुने भन्दै सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

सडक सबै नागरिकको साझा सम्पत्ति भएकाले सडक सुरक्षा सबैको दायित्व हो । अतिक्रमण हटाउन प्रहरी प्रशासनले मात्र सम्भव नभएकाले आमनागरिकको सहयोग आवश्यक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ ।
इनरुवा नगरको अतिक्रमित सडक पेटी खाली गर्ने अभियानमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, उद्योग बाणिज्य संघका इनरुवा अध्यक्ष वीरेन्द्र कुमार साह सहितको साथ रहेको छ ।