दुहवीमा प्रत्येक महिनामा करनिको घटना

मङ्सिर १९ गते । सुनसरीको ईलाका प्रहरी कार्यालय दुहबीको क्षेत्र भित्र चालु आर्थिक वर्षको चार महिनामा चार वटा बलात्कारको घटना भएको छ ।

प्रहरीले घटनाको मुद्धा दर्ता गरि कार्वाही प्रकृया अगाडि बढाएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

चालु आर्थिक वर्षको हाल सम्ममा महिला सम्बन्धि मुद्दा दर्ता संख्यामा जवरजस्ती करणी–४, झुण्डी आत्महत्या–११, कर्तव्य ज्यान– २ र बहु विवाह–२ वटा रहेको छ ।

दुहवी प्रहरीको महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रमा मुद्दा दर्ता समबन्धी त्रिबर्षिय बिबरण अनुसार आ.व.२०७६।०७७जवरजस्ती करणी १०वटा, जवरजस्ती करणी उद्योग ३ वटा , बहु बिबाह ५ वटा, झुण्डी आत्म हत्या १३ वटा र कर्तव्य ज्यान ३ वटा रहेको थियो ।

त्यसैगरी आ.व.२०७७।०७८मा जवरजस्ती करणी १४ वटा, जवरजस्ती करणी उद्योग ८ वटा, बहु बिबाह ६ वटा, झुण्डी आत्म हत्या ७ वटा र कर्तव्य ज्यान ५ वटा रहेको छ ।
उता आ.व.२०७८।०७९ मा जवरजस्ती करणी १८ वटा, जवरजस्ती करणी उद्योग ६ वटा, बहु बिबाह ६ वटा र झुण्डी आत्महत्या ८ वटा रहेको थियो ।

उता महिला बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रमा आएको घरेलु हिंसा र लैंगिक हिंसा सम्बन्धी उजुरी संख्या बार्षिक एक सय बढी रहेको छ ।

घरेलु हिंसा र लैंगिक हिंसामा २०७६ । ०७७ घरेलु हिंसा ३६ र लैंगिक हिंसा ९९ गरि जम्मा १३५ उजुरी आएकोमा १०५ फ्छौट भएको र ३० वटा बाकी रहेको थियो । आ.व.२०७७।०७८ घरेलु हिंसा ४० लैंगिक हिंसा ७९ वटा गरि जम्मा ११९उजुरी आएकोमा ११० फ्छौट भएको र ९ वटा बाँकी रहेको थियो ।

त्यसैगरी आ.व.२०७८।०७९ मा घरेलु हिंसा ३५ लैंगिक हिंसा ३४० गरि जम्मा ३७५ उजुरी आएकोमा ३४० फ्छौट भएको र ३५ बाँकी रहेको थियो ।