सरस्वती माविमा नयाँ विद्यालय व्यवस्थापन समितिको पदभार ग्रहण

मंसिर १९ गते । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाको सरस्वती माविमा गठन भएको नयाँ विद्यालय व्यवस्थापन समितिको पदभार ग्रहण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादव सहित आठ जना सदस्यहरुले एक साथ पदभार ग्रहण गर्नुभएको छ ।

समितिका सदस्यहरु यदुनन्दन यादव, मिना यादव, लहरी खत्वे, वाजुद्धिन मियाँ र रेनु मेहता , पदेन सदस्य एवम् वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी र सदस्य सचिव श्यामदेव मेहता सहितले एक साथ पदभार ग्रहण गर्नुभएको हो ।

विधार्थी बालबालिकाहरु र शिक्षक कर्मचारी सहितको उपस्थितीमा फुलमाला, खादा, अबिर र प्रमाण पत्र सहित समितिका पदाधिकारीहरुले पदभार ग्रहण गर्नुभएको छ । विद्यालयका शिक्षक श्यामप्रसाद साहले सञ्चालन गर्नुभएको पदभार ग्रहण कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष जयकृष्ण यादवले गर्नुभएको थियो ।

पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष यादवले शिक्षाको विकास र शैक्षिक गुणस्तरका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यादवले विद्यालयमा कक्षा ११ को अनुमती यसैवर्ष लिने र कक्षा १२ सम्मको पढाई आफ्नै घरमा खाएर गर्न पाउने वतावरण निर्माण गर्ने बताउनुभयो । यादवले विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक र व्यवस्थापकिय सबै पक्षको सर्वागिण विकास गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यलायमा पढेर नाक खुम्चाउने भन्दा नाक ठाडो पार्ने वतावरण निर्माण गर्ने बताउनुभयो ।

पदभार ग्रहण कार्यक्रममा शिक्षक देवनारायण यादवले स्वागत मन्त्वय राख्नुहुदै शिक्षाको लागि युवा व्यवस्थापन समिति आएकोमा सुखि व्यक्त गर्नुभयो । विद्यालयलाई असल बनाउन सबै शिक्षकहरु प्रतिवद्ध रहेकाले सोही अनुसारको योजना बनाएर अगाडी बढ्नुपर्ने धारण राख्नुभयो ।

विधार्थीहरुले समेत समितिका अध्यक्ष सहित पदाधिकारीहरुलाई फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए भने समितिले धव्यवाद सहित मिठाई वितरण गरेको थियो । उता विद्यालयमा हालै निमित प्रधानाध्यापकको जिम्मेबारी पाउनुभएका नवनियुक्त प्रधानाध्यापक श्यामदेव मेहताले पनि औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ । प्रधानाध्याक मेहतालाई समितिका अध्यक्ष जयकृष्ण यादव र सदस्यहरुले सामुहिक रुपमा एक साथ पदभार ग्रहण राउनुभयो ।

उता साप्ताहिक रुपमा गर्दै आएको अतिरिक्त कृयाकलाप अन्तरगत दौड प्रतियोगिता सम्पन्न गरेको छ । विधार्थी बालबालिकाहरुको बौद्धिक र शारिरिक रुपमा फाईदा हुने अतिरिक्त कृयाकलाप अन्तरगत शुक्रबार आधारभुत हत र मावि तहका विधार्थी बीचमा दौड प्रतियोगिता सम्पन्न गरेको हो । विद्यालयमा सम्पन्न भएको कक्षा १ देखी ५ सम्मको दौड प्रतियोगितामा रजित मेहता प्रथम, अजय राम द्धितिय, साजित आलम तृतिय र अभिषेक यादव सान्वना भएको छ । त्यसैगरी कक्षा ९ र १० का बीच भएको हिसाव दौड प्रतियोगितामा शंकर उराँव प्रथम, आषिश यादव द्धितिय र सितल यादव तृतिय भएका छन् ।

त्यसैगरी सम्पन्न गरेको कक्षा १ देखी ५ को छात्रा दौड प्रतियोगितामा सुष्मा राम प्रथम, कृतिका उराँव द्धितिय र प्रियकां यादव तृतिय भएका छन् । कक्षा ६,७ र ८ सम्मको हिसाब दौड प्रतियोगितामा सुरेन्द्र यादव प्रथम र रोशन मेहता द्धितिय भएको छ । शिक्षक देवकृष्ण यादवका अनुसार विधार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ कार्यक्रम गरेको हो ।