दुहबीको वडा नम्बर ६ विकासले गति लिदैः हलुवाई

सुनसरीको दुहबी नगरपालिकामा वडा नम्बर ६ मा विकासले गति लिएको अध्यक्ष घनश्याम हलुवाईले बताएको छ ।

वडा नम्बर ६ को सडकबाटोनिर्माण र विस्तारसगैं विकासमा लागेको वडा अध्यक्ष घनश्याम हलुवाइले बताउनुभएको हो ।

दुहबी नगरपालिका वडा न ६ को विगतमै निर्माण नभएको प्रथम पटक आर.सि.सि ढालान बाटो वडा अध्यक्ष घनश्याम हलुवाईको पहिलो कार्यअवधिमा आ.व. २०७९÷२०८० अन्तर्गत पहिलो योजना अन्तर्गत सुरेन रायको घरदेखि हरि परियारको घर सम्म आ.सि.सि. ढलान गर्ने कार्य सम्पन्न भएपछि उद्घाटन गर्दै विकासले गति लिएको उहाँले सो कुरा बताउनुभएको हो ।

उद्घाटनको क्रममा स्थानीय मिठु परियारका अनुसार यस अघि वडा नं. ६ मा कुनैपनि बाटो आर.सि.सि. ढलान नभएको तर उहाँको कार्यकालमा पहिलो पटक वडा नं. ६ का जनताले ढलान सहितको सडक पाएको बताए । यसैगरी अर्का स्थानीय सुनिता मण्डलका अनुसार पक्की ढलान सडकले गर्दा आवतजावतमानिकै नै सुविधा भएको बताइन् ।

हलुवाइले निर्वाचित भएको पहिल्रो वर्षमा प्रवेश गरेको अवसरमा वडा नम्बर ६ क्षेत्रलाई पहिचान क्षेत्र बनाउने कार्यक्रम ल्याएको बताए । वहाँले आफू नेपाली काग्रेंसको तर्फबाट निर्वाचित भएर वडा अध्यक्ष भएपनि आफुले सबैका लागि समान काम गरेको बताउनुहुदै विगतमा सिकेका सिकाई, गरेको अनुभव र प्रयासले सार्थक विकास भएकाले अव अगामी दिनमा गर्ने कामको खाकामा वडा नम्बर ६ केन्द्रको रुपमा पहिचान गराउने नीति लिएको बताउनुभयो । वहाँले “आफू निर्वाचन अघि एउटा पार्टीको भएको तर निर्वाचित भएपछि मैले समग्र दुहबि ६ को प्रमुख भएर काम गर्ने मौका पाएको छु । यो मेरो लागि सुखद पक्ष हो
। मलाई जनताले रुचाउनु नै मेरो लागी अर्को सफल पक्ष हो । म निर्वाचित भएपछि निकै गर्वको महसुस गरेको छु । त्यसैले विकासको काममा लागेको छु । ”

हलुवाइले आफू वडा प्रमुखको सपथ ग्रहणकै दिनबाट सुशासन, पारदर्शिता र जनसहभागिता नै समृद्धिको आधार हो भन्ने मान्याता राखेर पहिला आफूबाटै काम सुरु गरेको बताउनुभयो । हलुवाइले अवको चार वर्ष भित्र हिलो र धुलो मुक्त वडा ६ बनाउने संकल्प लिएको सबै सडक उच्च स्तरको ग्राभेल, ढलान सहितको सडक र पिच गर्ने लक्ष्य लिएको बताउनुभएको छ । स्वक्ष, शान्त र बसोबास योग्य , समृद्धिको वडा सबै को  र सफा स्वच्छ हराभरा वडा बनाउने मेरो परिकल्पाना रहेको हलुवाईले बताए । पक्की ढलान सडक उद्घाटनको क्रममा स्थानीय सर्वसाधारण वडा अध्यक्ष घनश्याम हलुवाइ, विभिन्न जनप्रतिनिधि, दुहबी नगरपालिकाका इन्जिनियरलगायतको सहभागीता रहेको थियो ।