सुनसरी क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यमा भगवती चौधरी निर्वाचित

मंसिर १३ गते । सुनसरी क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेदवार भगवती चौधरी निर्वाचित भएको छ ।

सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधिसभाका नेपाली काँग्रेसका उमेदवार विजय कुमार गच्छदारलाई पराजित गर्नु भएको हो ।

चौधरीले ४० हजार ७ सय ८८ मत पाएर विजय हुँदा गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नु भएको सुनसरी क्षेत्र नं. ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिनुभयो ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीका उमेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत पाएका छन् ।