सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अनिश्चित

मइसिर १२ गते । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सनिबार दिउसोबाट स्थगित भएको तेस्रो दिन पनि सुचारु हुनसकेको छैन् ।

 

मतगणना सुरु गर्ने विषयमा दुईदिनमा दुई पटकसम्म सर्वदलिय बैठक बसेको भएपनि विना निषेकश सकिएकाले सोमबार तेस्रो दिन पनि मतगणना अनिश्चित बनेको छ ।

इनरुवा स्थित भगवती माध्यमिक विधालयमा सनिबार साझं र आईतबार विहानदेखी मध्यानसम्म दुई पटक सर्वदलिय बैठक बसेको भएपनि कुरा नमिलेकाले नेपाली काग्रेसको तर्फबाट सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गणना भएको मत पत्रको फेरी मतगणना गर्नुपर्ने माग गर्नुहुदै निवेदन दिनुभएको छ ।

आईतबार कार्कीले दिनुभएको निर्वाचन अधिकृतको कार्यालयको निवेदनलाई निर्वाचन आयोगलाई पठाएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभएको छ

निवेदन फरवट गरेको २४ घण्टा बिदा पनि कुनै प्रतिकृया माथिबाट नआएको समेत अधिकारीले बताउनुभयो ।

उता नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका जगदीश प्रसाद कुसियैतले सोमबार दिउसो पत्रकार सम्मेलन गरेर यथास्थितीमा मतगणना सुचारु गर्नुपर्ने माग गर्नुभएको छ ।
कुसियैतले भने, “आज कुनै निर्णय भएन, मतगणना सुरु भएन भने हामी सडक मैदानमा हुनेछौँ । हामी सडक संघर्ष पनि गर्नेछौँ । वार्ता पनि गर्छौँ ।”

कार्की र कुसियैत सहित विभिन्न राजनीतिक पार्टीका नेताहरु र स्वतन्त्रका उम्मेदवार समेतको सहभागितामा पटक पटक छलफल भएपनि कुनै निकास नआएकाले समस्या भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो ।

मन्त्री कार्कीले मतगणना पुन गर्नुपर्ने माग गर्नुभएको छ भने एमालेका कुसियतले भने यथास्थितीमा मतगणना गर्नुपर्ने पक्षमा रहेको प्रतिकृया दिनुभयो शुक्रवार राती निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम सुचीमा नेकपा एमालेको मत परिणाममा ६०६ मत थप गरि सार्वजनिक गरेको र केही बेरमा पछी सच्याएको भएपनि नेपाली काङ्ग्रेसले मतगणनामा खटिएका कर्मचारीहरुले धाधली गरेको आरोप लगाएकाले मतगणना स्थगित गरिएको थियो ।